arrow

‘सबैले सम्माननीय प्रधानमन्त्रीको पुर्ण स्वास्थ्यलाभको कामना गरौं’

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
kp-oli5.JPG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिब्या सिंह मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेकी छिन् ।

प्रेस बिज्ञप्ति जारि गर्दै डाक्टर सिंहले सिंगापुर पुन: उपचारका लागि जानु परेको कारण स्पष्ट पारेकी छिन्। बिज्ञप्तिको अन्तमा सबैले सम्माननीय प्रधानमन्त्रीको पुर्ण स्वास्थ्यलाभको कामना गरौं लेखिएको छ।

प्रधानमन्त्री ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि बिहिबारअपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् ।

प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो । उनकाअनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ ।

उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनाईन अहिले २ को हाराहारीमा छ । उनले भने,‘उहाँको मृगौला स्थिर छ ।’ सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ ।

विज्ञप्तीमा भनिएको छ,‘गत श्रावण महिनामा १८–२७ गतेसम्म सम्मानीय प्रधानमन्त्रीज्यूको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो । त्यस क्रममा प्रारम्भिक परीक्षणबाट वहाँको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीहरुको मात्रा बढि देखिन गएको पाईएको छ । ती एण्टीबडीहरुलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार शुरु गरिएको र उपचारको सोही क्रमलाई निरन्तरता दिन र थप आवश्यक परीक्षण गर्न वहाँ आज पूनः सिंगापुरतर्फ जान लाग्नुभएको हो । सिंगापुरमा रहँदा वहाँको साथमा विज्ञ चिकित्सक टोलीहरुद्धारा मृगौलाको थप परीक्षण र उपचारको क्रममा देखिने विभिन्न प्रकारका प्रभावहरुको सूक्ष्म अध्ययन तथा मृगौलाको क्षमता अभिवृद्धिका लागि समेत उपचार गरिनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ