arrow

पत्रकारलाई तत्काल पुनःबहाली गर्न प्रेस युनियनको माग

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल प्रेस युनियनले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि काम गर्दै आईरहेका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई विचार र आस्थाका आधारमा व्यवस्थापकले पूर्वाग्रही ढंगले कामबाट हटाईएको निष्कर्ष निकाल्दै तत्काल पुनःबहाली गर्न माग गरेको छ । 

प्रेस युनियन केन्द्रीय सचिवालयको बिहीबार बसेको आकस्मिक बैठकले अन्यथा युनियन आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले आस्थाका आधारमा लामो समयदेखि कार्यरत युनियन आवद्ध पत्रकारलाई विना कारण हटाएको तथा स्टिङगरको म्याद थप नगरेको भन्ने समाचारप्रति समेत गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

यस्तो छ विज्ञप्ति– 

प्रेस विज्ञप्ति

उपयुक्त सम्बन्धमा नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयको बिहिवार बसेको आकस्मिक बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि काम गर्दै आईरहेका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई विचार र आस्थाका आधारमा व्यवस्थापकले पूर्वाग्रही ढंगले कामबाट हटाईएको निष्कर्ष निकाल्दै तत्काल पुनःबहाली गर्न माग गरेको छ । अन्यथा युनियन आन्दोलन गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौं । अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले आस्थाका आधारमा लामो समयदेखि कार्यरत युनियन आवद्ध पत्रकारलाई विना कारण हटाएको तथा स्टिङगरको म्याद थप नगरेको भन्ने समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । 

त्यस्तै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिकाको वर्गिकरणप्रति बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । आस्थाका आधारमा भेदभाव गरी गरिएको वर्गिकरणमा तत्काल पुनःविचार गर्न बैठक माग गर्दछ । मागमा कुनै सुनुवाई नभए देशभरका पत्रकारलाई आन्दोलित हुन युनियन आग्रह गर्दछ । 

साथै चितवन लगायतका जिल्लामा रिर्पोटिङमा गएका पत्रकारलाई प्रहरीले धरपकड गर्ने सञ्चार साधनमा कैद गरिएको तस्वीर भिडियो समेत डिलिट गर्न लगाउने गरेकोप्रति समेत हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । संविधानले व्यवस्था गरेको स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने कुनै पनि क्रियाकलाप युनियनलाई मान्य नहुन अवगत गराउँदै हामी सदैव स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने अधिकारका लागि लडिरहने समेत दृढ संकल्प व्यक्त गर्दछौ । 
अजयबाबु शिवाकोटी 
महासचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ