arrow

कमल थापालाई बाबुराम भट्टराईको झटारो 

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापामाथि समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले झटारो हानेका छन् । 

थापाले भट्टराईलाई भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न गएकोप्रति कटाक्ष गरेपछि भट्टराईले जवाफमा झटारो फालेका हुन् । 

पूर्व प्रधानमन्त्री भट्टराई र पूर्व उपप्रधानमन्त्री थापाबीचको यो आरोप प्रत्यारोपको सवाल जवाफ ट्वीटरमा आएको हो । 

कमल थापाले यो त अति भयो भन्दै ‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे’ भनेका थिए । 

जवाफमा भट्टराईले ‘शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला ! सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं !’ भनेका छन् । 

तर दोहोरी चल्ने क्रममा कमल थापाले फेरि जवाफ फर्काएका छन् –‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासंग सहमत छु। त्यस्तो सम्बन्ध समानता,स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो। सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रुपमा भेटेको अलि सुहाएन कि !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ