arrow

जाल हान्ने क्रममा चिप्लीएर खड्काको मृत्यु

स्याङ्जामा २ को मृत्यु

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
dead2.jpg

स्याङ्जा । स्याङजाको विभिन्न स्थानमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउपालिका–२, कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लीएर मृत्यु भएको र थापाको खोला तर्ने क्रममा खोलाले बगाउदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।

मृतक खड्का र थापाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङजामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिए ।

खड्काको माछा मार्ने क्रममा घर अगाडी रहेको कुखुरे खोलामा र थापाको माछा मार्ने क्रममा पुतलीबजार नगरपालिका ११ र १३ को सिमानामा रहेको गैरिजागर स्थित आधिखोलामा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ