arrow

सालकको खपेटासहित पक्राउ परको लिम्बूलाई वन कार्यालयमा बझाइयो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
ssalkhapata.jpg

पाँचथर । प्रहरीले सालकको खपेटासहित एक ब्यक्तिलाई पाँचथर र ताप्लेजुङको सीमाना हपुखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका २ वस्ने ६२ वर्षिय विक्रम ईवाराम लिम्बू रहेका छन् ।

६ सय ग्राम सालकको खपेटा सहित हपुखोलाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बिहिबार पक्राउ गरिएका ईवारामलाई डिभिजन वन कार्यालय पाँचथरमा शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ