arrow

बोलेरो जिप पल्टिँदा ३ जना घाईते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
Mahindra-Bolero-Right-Rear-Three-Quarter-80019.jpg

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ सम्बेवा गोलाईमा आज भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् ।

 घाईते हुनेहरुमा ताप्लेजुङ श्रीजङगा गाउँपालिका वडा नम्बर ५ बस्ने २२ वर्षिय मनराज ताम्लिङ,सोही ठाउँ वस्ने ३२ वर्षिय नारद सार्की,र पाँचथर याङवरक ६ वस्ने २६ वर्षिय राजु गुरागाँई रहेका छन् ।

 उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।

 विर्तामोडबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ ज ३०१४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ