arrow

प्रधानमन्त्री ओलीद्वारा अरुण जेटलीको निधनप्रति दुःख व्यक्त

logo
रासस,
प्रकाशित २०७६ भदौ ७ शनिबार
pm-kp-oli-2019.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। आज ट्वीटमार्फत उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै सांसद तथा पूर्वअर्थमन्त्री जेटलीप्रति गहिरो दुःख व्यक्त गरेका हुन्। उनले ट्वीटमा भारतीय जनता, सरकार र शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्तसमेत गरेका छन्। जेट्लीको ६७ वर्षको उमेरमा गएराति निधन भएको थियो। 

यसैगरी प्रधानमन्त्री ओलीले नेपाली काङ्ग्रेसका नेता रमेश लेखकको पिता डा प्रयागदत्त लेखकको निधनको समाचारबाट दुःख लागेको बताएका छन्। आज ट्वीट गर्दै उनले नेता लेखक र समग्र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत बुबाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्। लेखकका बुबाको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ