arrow

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस विधिबाट उपचार सुरु, स्वास्थ्य सामान्य

प्रधानमन्त्री ओलीको १२ वर्षअघि गरिएको थियो मृगौला प्रत्यारोपण

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
kp-sharma-oli3.jpg

काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार सुरु भएको छ । उनको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारदेखि नै नेशनल युनिभर्सिटी हस्पिटलमा सुरु भएको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । 

आइतबार बिहान ट्वीटरमार्फत रिमालले निजी चिकित्सक प्रा डा दिव्यासिंहको भनाइ उधृत गर्दै यो उपचार प्रकृया अरू केही पटक गरिने उल्लेख गरेका छन् । 

अहिले ओलीको स्वास्थ्य अवस्था सामान्य भएको पनि रिमालले लेखेका छन् । 

प्रधानमन्त्रीको उपचारका लागि उनकी पत्नी राधिका शाक्य, रिमालसंगै निजी चिकित्सक सिंह र स्वकीय सचिव राजेश बज्राचार्य सिंगापुरमा रहेका छन् । 

प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस विधिबाट उपचार सुरु भएसंगै उपचारको समय लम्बिने देखिएको छ । भदौ २० गते फर्कने भनी नेकपा सचिवालय बैठकपछि गत बिहीबार जानकारी दिइए पनि यो समय कम्तीमा एक महिनासम्म लाग्ने अनुभवी चिकित्सकहरु बताउँछन् । 

के हो प्लाज्मा फेरेसिस ?

रगत चार चिज मिलेर बन्दछ । जसमा रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेस र प्लाज्मा रहेको हुन्छ । प्लाज्माको प्रतिशत सबैभन्दा बढी अर्थात् ६० प्रतिशत हुन्छ। 

यही प्लाज्माले नै रक्तसंचारको भूमिका खेल्छ । अर्थात् प्लाज्माले शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ । 

यति ठूलो भूमिका खेल्ने प्लाज्मासंग जोडिएको यो फेरेसिस के हो त भन्ने पाटो महत्वपूर्ण छ । 

शरीरमा रगत पुर्याउने प्लाज्मामा रगतमा रहेको दुषित पदार्थ जम्मा हुने गर्दछ । यदि यो सफा भएन भने दुषित पदार्थ नै शरीरभर फैलिन्छ । 

तसर्थ त्यो दुषित पदार्थ फाल्ने र राम्रो रगत राख्ने प्रक्रिया नै प्लाज्मा फेरेसिस हो । 

प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिन राख्नुपर्ने हुन्छ । यो प्रक्रिया कम्तीमा तीनदेखि चार पटक गर्नुपर्ने हुन्छ । 

यसकारण पनि प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया लम्बिन सक्ने देखिएको छ । 

उनको प्लाज्मा फेरेसिसको उपचार अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर त्यसमा रहेको प्लाज्मा छुट्याइन्छ र दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखी उक्त रगत पुनः शरीरमा चढाइन्छ।  

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली पछिल्लोपटक साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा रहेर स्वास्थ्य परीक्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ