arrow

कांग्रेस संसदीय दलद्वारा लेखकको निधनप्रति दुःख व्यक्त

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका पूर्वसचेतक एवं नेता रमेश लेखकका पिता प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।
 
पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत स्व लेखकप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उनको यही भदौ ६ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

स्व लेखकले कांग्रेसले आह्वान गरेका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाउनुभएको थियो । उनको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ