arrow

संघीयताले सुनसान बन्यो स्याङ्जा सदरमुकाम

आवतजावतमा कमी आएसगै व्यवसायी मर्कामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ भदौ ८ आइतबार
syangjas.jpg

स्याङ्जा । कुनै बेला निकै चहलपहल हुने स्याङ्जा सदरमुकाम पुतलीबजार अहिले सुनसान अवस्थामा छ । सबै सरकारी कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता भएका बेला पुतलीबजारमा नागरिकको चहलपहल निकै थियो । सानो कामका लागि भएपनि सदरमुकाम पुग्नु पर्ने बाध्यता नागरिकमा थियो ।

 सरकारी काम होस वा बैकिङ कारोवारका लागि होस हरेक नागरिक सदरमुकाम पुग्नै पथ्र्यो । मुलुक संघियतामा गएपछि सबै सरकारी कामकाज स्थानीय सरकारबाटै हुने व्यवस्था आएपछि सदरमुकाम झनै सुनसान बन्न पुगेको हो ।  कृषि, शिक्षा, पशु, स्वास्थ्य, प्राविधिक, महिला विकास, सहकारी कार्यालयहरुको नगरस्तरीय शाखामा गाभिएपछि सदरमुकाम नाम मात्रैमा सिमित हुन पुगेको छ । संघियता नहुनुपुर्व हरेक होटल देखि रेष्टुरेन्टमा खचाखच देखिने अहिले निकै सुनसान देखिन्छ । सदरमुकाममा सबै भन्दा बढी मर्का होटल व्यवसायीहरुलाई भएको पाईन्छ । अदालत, जिल्ला प्रशासन, सरकारी वकिलको कार्यालयकाम हुने नागरिक मात्रै सदरमुकाम पुग्ने गर्छन् ।

संघियता लागु भएपछि नागरिकहरु सदरमुकाम पुग्न परेन । प्रशासन, मालपोत र नापी कार्यालयलाई पनि विभाजन गरेपछि झनै दैनिक भिड लाग्ने सदरमुकामका व्यवसायी झनै मर्कामा परेको स्याङ्जा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नवराज सुवेदीले बताए । सधै एउटै खोजेर मात्रै हुदैन, गाँउ गाँउमा यातायात पुग्यो, हात हातमा मोवाईल सेवा पुग्यो संघका निर्वतमान अध्यक्ष सुवेदीले भने,“हिजोको व्यवस्था परिवर्तन भयो अव नयाँ आयम ल्याउनु पर्छ ।” सदरमुकाम गण्डकी प्रदेशको राजधानीका कारण पनि ओझेलमा भयो, व्यापार पनि चौपट भयो उनले भने । व्यापार व्यवसायलाई बढाउनका लागि नगरपालिकाले पनि छुट्टैखालको योजना ल्याउनु पर्ने जरुरी देखिन्छ ।

गाँउमा युवा छैनन्, सबै विदेश पलायन हुन बाध्यता छ सुवेदीले भने,“छोराछोरी पढाउन श्रीमतिहरु सदरमुकाम भन्दा पोखरा जान थाले, सदरमुकाममा भन्दा अन्तराष्ट्रिय सुविधाको खोजी हुन थाल्यो ।” गाँउकालाई गाँउमै राख्ने, शहरकालाई अन्य शहरमा जान नपर्ने कार्ययोजना तयार नगरेसम्म सदरमुकाम अझै ओझेल मात्रै होइन आर्थिक कारोवारमा समेत समस्या देखिन्छ सुवेदीले भने । स्याङ्जा सदरमुकामलाई पुर्ण बजार बनाउनका लागि सिद्धार्थ राजमार्गको मापदण्ड पुरा गर्नुपर्छ र मात्रै केही हदसम्म भएपनि व्यापार व्यवसाय र चहलपहल बढ्नेछ ।

विकास गर्ने लक्ष्य लिएर आएका जनप्रतिनिधि नै सदरमुकाम नवस्नु पनि अर्को विडम्वना रहेको तर्क सुवेदीले राखेका छन् । सुवेदीले भने सदरमुकामलाई पोखरा सगँ जोड्ने र वालिङलाई जिल्लाको सिटीको रुपमा विकास गर्नुपर्ने देखिन्छ । हरेक स्थानीयतहमा बैकिङ् सेवा पुग्नु, सरकारी सेवा स्थानीयतह बाटै हुनु र प्रविधिको विकास हुनुले जिल्ला सदरमुकाम सुनसान बन्न पुगेको तर्क सर्वसाधरणहरुको छ ।

पुतलीबजार नगरपालिकाले गाँउ गाँउबाट शहर केन्द्रित हुने खालको कुनै योजना बनाउन नसक्नुले पनि पुरानो सदरमुकाम ओझेलमा परेको अनुमान व्यवसायीको छ । विगतका बर्षहरुमा भन्दा पछिल्लो बर्षहरुमा व्यपार निकै कम भएको सुनचाँदी व्यवसायी विमल खातीको भनाई छ । संघियता आउदा जनताले गाँउमै सेवा पाउनु सुखद हो व्यवसायी खातीले भने,“यसको मर्का हामी व्यवसायीले खेप्न परो, यसका लागि उद्योग वाणिज्य संघ र नगरपालिका जिम्मेवार बन्नु आवश्यक छ ।” व्यवसायीको व्यपार घाटा हुनु भनेको सरकारको राजस्व पनि कम हुनु हो प्रतिप्रश्न गर्दै खातीले भने । व्यवसायी खाती मात्रै व्यवसाय कमी भएको पात्र मात्रै होइनन् अन्य व्यवसायी पनि चिन्तित रहेका छन् ।

यता पुतलीबजार नगरपालिकाले भने स्थानीयतह भएका कारण केही चहलपहल घट्नु स्वभाविक भएको जनाएको छ । नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीले नगरपालिकाले धेरै विकास गरेपनि प्रचार प्रसार नहुनुले पनि आझेल परेको बताए । सदरमुकालाई केही चहलपहल बढाउन नगरपालिकाले डिपिआरको तयारी गर्दै छ प्रवक्ता अधिकारीले भने,“भुमिगत मार्ग, ग्रामिण पर्यटनको विकास र शैक्षिक सुधारलाई प्रमुख योजनामा राखेका छौं ।” दिर्घकालिन योजना बनाएर नगरपालिका अगाडी बढाउने प्रयासमा रहेको उनले बताए ।

जिल्लाकै सदरमुकाम आझेलमा पर्न नदिने गरी सदरमुकाममा भित्र रहेका विभिन्न संघसंस्था, सरकारी कार्यालयको समन्वय हुनु जरुरी देखिन्छ । अन्य स्थानीयतहको तुलनामा सदरमुकाम नै हरेक क्षेत्रबाट पछाडी परेमा त्यसको असर समग्र जिल्लालाई पर्ने हुदा बेलैमा धयान दिनु आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ