arrow

रेणुकाको नेतृत्‍वमा ११ सदस्‍यीय थारु पत्रकार चयन

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
renuka-chaudari.jpg

नपलपरासी । थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातिबाट चयन भएको छ।

थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कमल चौधरीको प्रमुख अतिथ्‍य तथा नेपाल अदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरीको विशिष्ट अतिथ्यतामा नवलपरासीको चिसापानीमा सम्पन्‍न प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन भएको हो।

यस्तै संघको उपाध्यक्षमा अमृता चौधरी, सचिवमा संध्या महतो, सह-सचिवमा डोल कुमारी चौधरी र कोषाध्यक्षमा प्रतिमा चौधरी चयन भएका छन्।त्यस्तै सदस्यहरुमा शान्ती चौधरी, रचना चौधरी, अकाश चौधरी, इन्द्र चौधरी, नन्दु कुवँर र भेष नारायण चौधरी चयन भएका छन्।

अधिवेशनमा निर्वाचित अध्यक्ष रेनुका चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चि गर्नको लागी थारु अगुवाहरु एक जुट भएर लाग्नुपर्नेमा जोड दिइन्। उनले भनिन्,' थारु समुदायको हक र अधिकारका लागि समावेशी सञ्‍चार र यसको अनिवार्यता नै आजको आवश्‍यकता हो। हामी सबै मिलेर यसको लागि आवाजविहीन आवाजहरुलाई विभिन्‍न सञ्‍चार माध्‍यमबाट आम जनतामा पुर्‍याउनु जरुरी छ।'

यस्तै केन्द्रीय सदस्‍य कमल चौधरीले नयाँ निर्वाचित पदधिकारीहरुलाई सफल कार्यकलको शुभाकामना दिँदै थारुको पहिचान र प्रतिनिधित्वको लागि देशभारका थारु पत्रकारहरु एकजुट हुनु पर्ने बेला आएको बताए। उनले भने, ' थारु पत्रकारहरु देशभरबाट एकै साथ विभिन्‍न सञ्‍चारमाध्‍यमबाट कलम चलाउनु नै प्रमुख चुनौती हो। यसलाइ हामीले आगामी दिनमा कसरी समावेशितामा लैजाने भन्‍ने एजेण्डा  बनाउनुपर्छ।'

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी, थारु कल्यणकारीणीका जिल्ला सचिव पशुपति चौधरी, थारु कल्यणकारीणी सभाका जिल्ला कोषाध्यष डोल कुमारी चौधरी, समाजसेवी मथुरा प्रसाद थारु लगायतले सोही कुरामा जोड दिएका थिए।

थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको प्रथम अधिवेशनबाट निर्वाचित भएपछि सामूहिक तस्बिर खिचाउँदै पदाधिकारीहरु। तस्बिर-कमल चौधरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ