arrow

बाघको आक्रमणबाट मृत्यु भएका थारुका परिवारलाई ५० हजार राहत हस्तान्तरण

१० लाखको प्रक्रिया मिलाइदै

logo
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ भदौ ८ आइतबार
rahat1.JPG

बर्दिया(भुरिगाँउ) । आइतबार बिहान बाघको आक्रमणबाट मृत्यु भएका पहरिया थारुका परिवारलाई राहत स्वरुप नगद ५० हजार हस्तान्तरण गरिएको छ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँ स्थित पानी ट्याङ्की नजिक बस्ने वर्ष ७१ को पहरिया थारुलाइ विहान ७:३० बजेको समयमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको बाघले आक्रमण गरी मृत्यु भएको थियो ।

मृतकका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत  तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ। बर्दियाको ठाकुरद्वारा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसी)को मानव वन्य जन्तु व्यवस्थापन कोषबाट राहत र आयआर्जन वापतका लागि ५० हजार दिईएको कार्यालय प्रमुख श्याम थापाले बताए। हामी संग रहेको कोषबाट आयआर्जन र राहत दिइएको रकमले तत्कालका लागि थोरै भए पनि राहत हुने थापाले बताए ।

तत्काल ५० हजार राहत ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठद्वारा पीडित परिवारलाइ हस्तान्तरण गरेका थिए । हस्तान्तरणसंगै नगर प्रमुखको राहत कोषबाट १० हजार उपलब्ध गराइने साथै श्रीराम नगर उपभोक्ता समिति भुरिगाँउको तर्फबाट समेत १० हजार उपलब्ध गराइने समेत नगर प्रमुखले बताए।

घटना दुःखद रहेको र भोलिका दिनमा यस्ता किसिमको घटना नदोहोरिन दिनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्तिका स्थानीयहरुसंग बृहत छलफल गरिने समेत नगर प्रमुख श्रेष्ठले बताए।

मृतकका परिवारलाई नेपाल सरकारबाट प्राप्त हुने १० लाखका लागि कागजी प्रक्रिया मिलाएर हस्तान्तरण गरिने बर्दिया राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख असोक भण्डारीले बताए। बिहिवार पनि बाघको आक्रमणबाट गेरुवा गाँउपालिकामा एक महिलाको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ