arrow

रविका समर्थकदेखि डराएको सरकारले चितवनमा गर्यो बल प्रयोग, अश्रुग्याँस र लाठी प्रहार

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
rabi-fan.JPG

चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकदेखि डराएको केपी शर्मा ओली नेतृत्वको सरकारले चितवनमा बल प्रयोग गरेको छ ।

रवि लामिछानेलाई न्याय माग्दै रिहा गर्न माग गर्ने समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको हो । उक्त क्रममा प्रहरीले समर्थकमाथि अश्रुग्याँससंगै लाठी प्रहार गरेको छ । 

लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितर गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए ।    

त्यतिमात्र होइन जिल्ला प्रशासन कार्यालय चितवनले सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन समेत निषेध गरेको छ ।

कार्यालयले आइतबार राति आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागु हुने समेत जनाएको छ । 

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आइतबार दिउँसो मुद्दा दर्ता गराएको हो ।     
     
जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान सोमबार बिहान १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण आइतबार उनीहरुको बयान लिन नसकिएको उनले बताए ।
     
जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।     
     
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दा रहेको छ । साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । 

सो पश्चात् अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।     
     
उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था रहेको छ । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।     
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ