arrow

रविका समर्थक धान्न सरकारले सकेन, चितवन जिल्ला प्रशासनले तोक्यो निषेधित क्षेत्र 

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
peop.jpg

चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकदेखि डराएको सरकारले चितवनमा बलमात्र प्रयोग गरेको छैन निषेधित क्षेत्र नै तोकेको छ । 

रवि लामिछानेलाई न्याय माग्दै रिहा गर्न माग गर्ने समर्थकमाथि प्रहरीले आइतबार साँझ बल प्रयोग गर्ने क्रममा अश्रुग्याँससंगै लाठी प्रहार गरेको छ । 

लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितर गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए ।    

त्यसकै निहुँमा चितवन जिल्ला प्रशासन कार्यालयले सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन समेत निषेध गरेको छ ।

कार्यालयले आइतबार राति आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागु हुने समेत जनाएको छ । 

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आइतबार दिउँसो मुद्दा दर्ता गराएको हो ।     
     
जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान सोमबार बिहान १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण आइतबार उनीहरुको बयान लिन नसकिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ