arrow

प्रधानमन्त्रीको समाचार शेयर गर्दा पक्राउ परेका विद्यार्थी नेता नछोडिए कडा आन्दोलन गर्ने कांग्रेसको चेतावनी

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ भदौ ९ सोमबार
pm-kp-oli-2019.jpg

लम्की । राजनीतिक पुर्बाग्रही ढंगले विनाकारण ईलाका प्रहरी कार्यालय लम्की मार्फत पक्राउ गरिएका विद्यार्थी नेता हृदयराज उपाध्ययलाई तत्काल विना सर्त रिहा गर्न नेपाली कांग्रेस नगर र क्षेत्रीय कार्य समितिले माग गरेको छ । छुट्टा छुट्टै विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस लम्कीचुहा नगरकार्य समिति, नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र नेपाल विद्यार्थी संघले घटनाको घोर भत्र्सना गदै सरकार र प्रशासनको अलोकतान्त्रीक, पुर्बाग्रही कदम प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको नगर सभापति रामबहादुर विष्ट, क्षेत्रीय सभापति भक्तबादुर चलाउने र नेपाल विद्यार्थी संघ क्षेत्रीय अध्यक्ष अमर विष्ट द्धारा हस्ताक्षरीत विज्ञाप्तीमा उल्लेख गरीएको छ ।

विज्ञाप्तीमा अगाडि भनीएको छ, 'बर्तमान कम्न्युनिष्ट सरकार दुई तिहाइको मातमा रमाई रहेको  छ', जनताको जनजीविका सवालमा उदासिन हुदै गैरहेको उल्लेख गदै सरकारका गलतक्रियाकलापका कारण जनताहरुले बिभिन्न माध्याम बाट आक्रोस पोखिरहेका बताइएको छ ।

जनताको आलोचनालाई सरकारले आत्मसाथ नगरी सोझासाझा जनतालाई बिभिन्न बाहानामा पक्राउ गर्ने झुट्टा मुद्धा लगाउने गैर जिम्मेवारी पुर्ण गरीएको भन्दै आफ्नो पार्टिको गम्भीर रुपमा ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य सम्बन्धी एक मिडियाले भदौ ३ गते आफ्नो अनलाईनमा ‘‘केपी ओलीको मृर्गौलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’’ भन्ने शिर्षकको समाचार प्रकाशित गरेको र सोहि सामाजिक सञ्जालमा पोष्ट गरीएको समाचारलाई नेपाल विद्यार्थी संघ लम्कीचुहाका विद्यार्थी नेता हृदयराज उपाध्यायलाई शेयर गरेको भन्दै इलाका प्रहरी कार्यालयले यहि मिति २०७६ भदौ ८ गते गिरफ्तार गरेको प्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको विज्ञाप्तीमा उल्लेख छ । एक अनलाईन मिडियाले लेखेको समाचार हजारौले शेयर गरेका तर राजनितिक पुर्बाग्रहीका साथ नेपाल विद्यार्थी संघका नेता उपाध्यायलाई मात्र पक्राउ गरिनुले बर्तमान सरकार स्वतन्त्रता, लोकतन्त्र विरोधी भएको हाम्रो ठहर गरेको विज्ञाप्तीमा भनीएको छ ।

विनाकारण पक्राउ गरीएका विद्यार्थी नेता उपाध्यालाई ततकाल रिहा गर्न सम्बन्धीत पक्षसंग हामि जोडदार माग गदै बर्तमान सरकार सर्बसत्ताबाद, अधिनायकबाद तर्फ उन्मुख हुदै गएको सन्दर्भमा विद्यार्थी नेता उपाध्यालाई तत्काल नछोडिए कडा भन्दा कडा आन्दोलन गर्न बाध्यहुने कैलाली निर्बाचन क्षेत्र नम्बर २, नेपाली काग्रेस लम्कीचुहा नगर कार्य समिति र नेपाल विद्यार्थी संघ क्षेत्रीयकार्य समिति द्धारा प्रकाशित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यस अघि नेपाल विद्यार्थी संघ लम्कीचुहा कार्य समिति र नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिले समेत छुट्टा छुट्टै विज्ञाप्ती निकाली घट्नाको विरोध गदै विना सर्त उपाध्यायको रिहाको माग गरीएको छ ।

सो मिडियाले भदौ ३ गते आफ्नो अनलाईनमा ‘‘केपी ओलीको मृर्गौलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’’ भन्ने शिर्षकको समाचार प्रकासित गरेको र सोहि अनलाईनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गरेको समाचार विद्यार्थी नेता हृदयराज उपाध्यायले आफ्नो फेसबुक बाट शेयर गरेर जे हुन्छ रामै्र हुन्छ, भन्ने आसयको स्टाटस् लेखेको अभियोगमा  ईलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकु काठमाण्डौले साईबर अपराध अन्तर्गत पक्राउ गर्न दिएको आदेशका आधारमा उपाध्यायलाई नियन्त्रणमा लिएको जनाएको छ ।

छिमेकीको कुटाईले गम्भीर घाईते भएकी लम्कीचुहा नगरपालिका ८ का राम जानकी डगौराको मुद्धालाई इलाका प्रहरीले हेर्न मिल्दैन् भनेर फर्काउनु र अन्यायमा परेका विपन्न तथा आवाज विहिनहरुले न्यायको लागि दर्जनौ पटक प्रहरी कार्यालय धाउदा मुद्धा दर्ता नलिनु तर सामाजिक सञ्जालमा आएको र धेरैले शेयर गरेको समाचारलाई आधारमा नै माथिको आदेश भन्दै प्रहरीले आफ्ना विद्यार्थी नेता पक्राउ गर्नुले ईलाका प्रहरी कार्यालय लम्की प्रति नै जनताको न्याय पाउने आसमा प्रश्नचिन्ह खडा भएको नेपाली काग्रेसका अगुवाले प्रतिक्रिया दिएका छन ।

विद्यार्थी नेता पक्राउ परेको समयमा कुनै लिखित पक्राउ पुर्जि इलाका प्रहरी कार्यालय संग थिएन् । पक्राउ गरीएका उपाध्यालाई काठमाण्डौ पठाउनको लागि मुचुल्का उठाई रहदा नेपाली काग्रेसका नेता कार्यक्रताले पक्राउ पुर्जिको विवरण सुनाउन अनुरोध गर्दा प्रहरी नै अलमलमा परेका थिए ।

पक्राउ पुर्जि विना आफ्ना विद्यार्थी नेतालाई कतै लिन नदिने अडानपछि माथिबाट फोन गरेरै प्रहरीले साझ करीब साढे ६ बजे पछि पक्राउ पुर्जि मगाएको नेपाली कांग्रेसका नेता लवबहादुर शाही बताए।

सामाजिक संञ्जालमा मिडियामा आएको समाचार शेयर गरेकै भरमा आफ्ना नेता कार्यक्रतालाई पक्राउ गरी झुट्टा मुद्धा लगाउने प्रयास गरी रहेको विरुद्धमा नेपाल विद्यार्थी संघ शसक्त आन्दोलनमा उत्रने लम्की बहुमुखि क्याम्पसका स्ववीयु सभापति ललित जैशीले प्रतिक्रिया दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ