arrow

साईवर क्राईमको अभियोगमा पक्राउ परेका विद्यार्थी नेता रिहा

कुटपिटको घट्ना भने हेर्न मिल्दैन भनेर प्रहरीले फर्कायो

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ भदौ ९ सोमबार
cyber-crime.jpeg

लम्की। राजनीतिक पुर्बाग्रही ढंगले विनाकारण ईलाका प्रहरी कार्यालय लम्की मार्फत पक्राउ गरिएका विद्यार्थी नेता हृदयराज उपाध्ययलाई जिल्ला प्रहरी कार्यालय कैलालीले छोड्को छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार प्रारम्भीक अनुसंधानको क्रममा सामाजिक सञ्जाल फेसबुक मार्फत आफैले प्रधानमन्त्रीको बारेमा पोष्ट गरेको आएता पनि अरुको पोष्टलाई मात्र शेयर गरेको देखिएकाले जाँचबुझ तथा सोधपुछ पछि आजै छाडिएको हो ।

राजनीतिक पुर्बाग्रही ढंगले विनाकारण तत्काल पक्राउ गरीएका विद्यार्थी नेता उपाध्यायलाई विना सर्त रिहा तत्काल रिहा नगरे शसक्त आन्दोणको घोषणा गर्ने चौतर्फि सरकारलाई दवाव  सृजना भएको थियो ।

नेपाली कांग्रेस लम्कीचुहा नगर समिति,  नेपाली काग्रेस क्षेत्र नम्बर २ कैलाली, नेपाल विद्यार्थि संघ केन्द्रिय कार्य समिति, नेपाल विद्यार्थी संघ क्षेत्रीय समिति र नेपाल विद्यार्थी संघ लम्कीच’हा नगर समितिले छुट्टा छुट्टै विज्ञप्ती मार्फत घटनाको घोर भत्र्सना गदै सरकार र प्रशासनको अलोकतान्त्रीक, पुर्बाग्रही कदम प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए । विद्यार्थी नेता उपाध्याय तत्काल रिहा नगरीए कडा भन्दा कडा आन्दोलमा उत्रीने चेतावनी समेत दिएका थिए ।

डबली मिडियाले भदौ ३ गते आफ्नो अनलाईनमा ‘‘केपी ओलीको मृर्गौलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’’ भन्ने शिर्षकको समाचार प्रकासित गरेको र सोहि अनलाईनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गरेको समाचार विद्यार्थी नेता हृदयराज उपाध्यायले आफ्नो फेसबुक बाट शेयर गरेर जे हुन्छ रामै्र हुन्छ, भन्ने आसयको स्टाटस् लेखेको अभियोगमा  ईलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकु काठमाण्डौले साईबर अपराध अन्तरगत पक्राउ गर्न दिएको आदेशका आधारमा उपाध्यायलाई नियन्त्रणमा लिएको थियो  ।

छिमेकीको कुटाईले गम्भीर घाईते भएकी लम्कीचुहा नगरपालिका ८ का राम जानकी डगौराको मुद्धालाई इलाका प्रहरीले हेर्न मिल्दैन् भनेर फर्काउनु र अन्यायमा परेका विपन्न तथा आवाज विहिनहरुले न्यायको लागि दर्जनौ पटक प्रहरी कार्यालय धाउदा मुद्धा दर्ता नलिनु तर सामाजिक सञ्जालमा आएको र धेरैले शेयर गरेको समाचारलाई आधारमानी माथिको आदेश भन्दै प्रहरीले आफ्ना विद्यार्थि नेता पक्राउ गर्नुले ईलाका प्रहरी कार्यालय लम्की प्रति नै जनताको न्याय पाउने आसमा प्रश्नचिन्ह खडा भएको भन्दै नेपाली काग्रेसका अगुवाले समेत प्रतिक्रिया दिएका थिए ।

विद्यार्थि नेता पक्राउ परेको समयमा कुनै लिखित पक्राउ पुर्जि इलाका प्रहरी कार्यालय संग थिएन् । पक्राउ गरीएका उपाध्यालाई काठमाण्डौ पठाउनको लागि मुचुल्का उठाई रहदा नेपाली काँग्रेसका नेता कार्यक्रताले पक्राउ पुर्जिको विवरण सुनाउन अनुरोध गर्दा प्रहरी नै अलमलमा परेका थिए ।

पक्राउ पुर्जि विना आफ्ना विद्यार्थि नेतालाई कतै लान नदिने अडान पछि माथि बाट फोन गरेरै प्रहरीले साझ करीब साढे ६ बजे पछि पक्राउ पुर्जि मगाएको नेपाली कांग्रेसका नेता लवबहादुर शाहीले बताएका छन् ।

राजनितिक दवाव र प्रभावका कारण प्रहरी जनताका वास्तवीक पाउनु पर्ने न्याय ओझेलमा पर्ने गरेको, इलाका प्रहरी कार्यालय लम्कीले राजनीतिक पुर्बाग्रह र कसैको दवाव प्रभावमा पिडित जनाताको उजुरी समेत लिने नगरेको तर कसैलाई राजनीतिक दवाका कारण विना मुद्धा, विना प्रक्राउ पुर्जिकै आधारमा पक्राउ गरी झुट्टा मुद्धा लगाउने प्रयास गरेको समेत लम्कीका स्थानियले जनगुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ