arrow

ट्रेड युनियन कांग्रेसको लैङ्गिक नीति निर्माण गोष्ठी

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
gender-policy.jpg

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस  राष्ट्रिय महिला समितिले लैङ्गिक नीति निर्माण गर्न गोष्ठी गरेको छ । गोष्ठीको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले लैङ्गिक समानता भन्दा पनि समानताको नीति बनाए लैङ्गिक नीति पनि त्यसैले समेटिनुका साथै सहभागिता र सशक्तिकरणलाई संगसंगै लग्नु पर्ने बताए । 

उपाध्यक्ष अजयकुमार राईले नेतृत्व तहमा महिला पुग्न कम्तिमा मुद्दामा एक हुन सुझाव दिए । सल्लाहकार रीता खनालले हरेक ठाउँमा महिलाको भूमिका धेरै भए पनि नेतृत्वमा पछि परेको बताउँदै दोष लिङ्गमा भन्दा सोच र प्रवृत्तिमा रहेको उल्लेख गरिन् । 

अर्की सल्लाहकार  कल्पना अधिकारीले लैङ्गिक मुद्दा महिलाको मुद्दा मात्र नभई पुरुषको पनि मुद्दा रहेको बताइन् । उपाध्यक्ष आशा सिंह राठोरले लैङ्गिक समानता भएमा मात्र हरेक ठाउँको परिवर्तन हुने बताइन् । 

उपमहासचिव राधिका कुईकेलले अहिले महिलाहरु नेतृत्वमा पुगेकाले पदको भरपुर भुमिका निर्वाह गरी आफ्नो क्षमता प्रदर्शन गर्नु पर्ने बताइन् । 

सहकोषाध्यक्ष शुशिला घिमिरेले ट्रेड युनियनमा महिला सहभागिता बढाउनु पर्ने बताइन् । नेपाल कृषि श्रमिक संघकी अध्यक्ष बिमला गैरेले लोकतन्त्रमा समेत महिलाहरुमा समानता नभएको बताइन् । 

गोष्ठीमा अधिवक्ता विष्णु बस्यालले महिला अधिकार र ट्रेड युनियन देवानी समीक्षा, फौजदारी समीक्षाबारे, ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले दिगो विकास लक्ष्यबारे र महासचिव योगेन्द्र कुँवरले श्रम कानुन र महिला अधिकारबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत महिला समिति उपाध्यक्ष शकुन्तला शर्मा र समितिकी अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ