arrow

‘सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न सहसचिवको सरुवा गर्यो’ 

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
nijamati-karmachari.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी मंसिरमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । रिक्त रहेका तहहरुमा मंसिरमा उपनिर्वाचन हुँदैछ । 

दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी मजबुद छ । तर सरकारले गरेका काम कार्वाही हेर्ने हो भने कुनै पनि स्थानमा सन्तोषजनक अवस्था छैन । 

सानातिना घटना हुँदा पनि सडकमा सरकारविरुद्ध आवाज घन्कने गर्छ । त्यो पनि प्रतिपक्षी दलका कार्यकर्ताबाट हैन स्वतः नागरिक समाजबाट । 

यसकै कारण सरकार तनावमा छ । सरकारले जसरी पनि चुनाव जित्नुपर्छ भन्ने उद्धेश्य राखेर का गरिरहेको आरोपसमेत लाग्न थालेको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले कर्मचारीको व्यापक सरुवा गरेर उपचुनावलाई प्रभावित पार्न खाजेको आरोप लगाइन् ।

उनले भनिन्, ‘सरकारले उपनिर्वाचनलाई प्रभावित पार्न सहसचिवको सरुवा गर्यो’ ।

उनले सहसचिव सरुवा गर्दा वरिष्ठताका आधारमा प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने आफ्नो नीतिगत निर्णय उल्लंघन गरेर सरकारले ७६ सहसचिवको सरुवा गरेको आरोप लगाइन् ।

सचेतक भुसालले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगका सहसचिवहरुको पनि सरुवा गरेर सरकारले निर्वाचन आयोगलाई पनि प्रभावित बनाउन खोजेको आरोप लगाइन् ।

सरकारले यसअघि आफैले गरेको सहमति विपरीत सचिवहरुको पनि सरुवा गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ