arrow

डा. केसीद्वारा सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौं । प्रा डा गोविन्द केसीले  विश्वबिद्यालयमा राजनीतिक भागभण्डाको नियुक्ति नरोकिए सत्याग्रह सहितको आन्दोलन गर्न कुनै पनि हालतमा पछि नहट्ने चेतावनी दिएका छन् । मंगलबार डा केसीले  सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरुलाई कुनै पनि हालतमा विश्वविद्यालयहरुमा नियुक्त नगर्न पनि पुन ध्यानाकर्षण गराएका छन् ।

डा केसीले विज्ञप्ती जारी गर्दै अब पुनः यही प्रक्रिया दोहोरीएमा सत्याग्रह सहितको आन्दोलन गर्न कुनै पनि हालतमा पछि नहट्ने पुन जानकारी गराएका हुन् ।  

प्रेस विज्ञप्ती
स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखिख संघर्षरत छौं । विगत लामो समयदेखि विश्वविद्यालय लगायत सार्वजनिक  संस्थाहरुमा दलीय भागवण्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्छ भनेर हामीले माग राखेकोमा पटकपटक सरकारले त्यस किसिमको सम्झौतासमेत गरेको छ ।

वर्षौंको अलमल र बेवास्तापछि पछिल्लो समय ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ले त्यस्ता मापदण्डसम्बन्धी सुझावसमेत सरकारलाई दिइसकेको छ । यो अवस्थामा कार्यदलले दिएको सुझाबलाई ऐनमा परिबर्तन गर्न सरकार समक्ष जोड़दार माग गर्दछौ । पदाधिकारी  छनोट प्रक्रियामा व्यक्ति बिशेषलाइ छाडेर  पद्दतिलाइ प्राथमिकता दिन सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौ ।   


यस्तै विभिन्न मेडिकल कलेज,प्रतिष्ठानलाइ  एमबीबीएसको भर्ना प्रक्रियामा ७५% छात्रावृत्ति लगायतका बूदा कार्यन्वयन गरी मात्रै भर्ना प्रक्रिया सुचारू गर्न पुन स्मरण गराउन चाहन्छौ  ।

साथै संक्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पुर्‍याउनका लागि तत्काल द्वन्द्वपीडित तथा मानव अधिकारवादीहरुले माग गरेबमोजिम सम्बन्धित ऐनहरुमा संशोधन गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा दलीय भागवण्डाका आधारमा नभई पीडितहरुको विश्वास जित्न सक्ने विज्ञहरुको नियुक्ति गर्न हामीले बारम्बार राख्दै आएको माग दोहोर्‍याउन चाहन्छौं ।

अन्त्यमा हामीसँग भएको सम्झौता अनुसार इलाम/पाँचथर, उदयपुर, डोटी/डडेल्धुरा लगायत प्रदेश नं. २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउन माग गर्दछौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम शुरु गरियोस् भनी ध्यानाकर्षण गराउन चाहानछौ ।

स्मरण रहोस् चार बर्ष अघि समेत  विश्वबिद्यालयमा राजनीतिक भागभण्डाको नियुक्ति रोक्दै  योग्यताका आधारमा नियुक्तिका लागी  हामी आन्दोलनरत थियौ ।

अब पुनः यही प्रक्रिया दोहोरीएमा सत्याग्रह सहितको आन्दोलन गर्न कुनै पनि हालतमा पछि नहट्ने पुन जानकारी गराउन चाहन्छौ  । साथै सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरुलाई कुनै पनि हालतमा विश्वविद्यालयहरुमा नियुक्त नगर्न पनि पुन ध्यानाकर्षण गराउँछौं ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं ।
२०७६ भाद्र १०



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ