arrow

उपचारमा रहेका प्रधानमन्त्रीको मन - निदाउँदा नेपालमा, बिउँझदा सिंगापुरमा

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
kp-oli6.JPG

काठमाडौं ।  सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले  प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै उनि हप्ता, दश दिनमा  स्वस्थ्य भएर फर्कने बताए ।

“प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ”, उनले भने, “प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी गर्‍यौँ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । दुई वटा डोज दिइएको छ । सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ ।”

उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र आफ्नो बारेमा चिन्ता व्यक्त गर्नेलाई उनले धन्यवादसमेत दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

 “प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल)मा छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस्” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री बाँस्कोटाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ