arrow

तामाकोशी नदीको बीच ढुङ्गा र काठको चेपमा मृत भेटिए विदेशी नागरिक

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
dead2.jpg

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १:३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको मृत्यु भएको राईले बताए ।
 
लामाबगरबाट खबर प्राप्त हुनासाथ प्रहरीको टोली पुगी तामाकोशी नदीको बीचमा ढुङ्गा र काठको चेपमा अड्किएर  मृत अवस्थामा रहेको विदेशी नागरिकको शव नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको संयुक्त टोलीले क्रेन र डोरीको सहायताले निकालेको प्रनाउ राईले बताए ।
 
मृतककी श्रीमती भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चिप्लिएर तामाकोशी नदीमा रहेको स्थानबाट मृतकलाई करीब एक किलोमिटर बगाएको र मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । मृतक लाटभिया देशको राहदानी नं.LV3976594 भएका नागरिक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ