काठमाडौं । भारतले नेपाली सीमामा सुरक्षा सतर्कता बढाउने भएको छ । भारतमा कहींबाट पनि आतंकवादी हमला हुन सक्ने खतरा रहेको भन्दै हरेक क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।
भारतीय संचारमाध्यमहरुका अनुसार गोरखपुर जिल्लाबाट ६८ किलोमिटरमा रहेको नेपाल–भारत सीमामा २० वटा सीसीटीभी लगाइने भएको छ ।
जुन सीसीटिभी पहिलेदेखि लगाइएका छन् ती खराव भएकाले पुनः ठीक पारिने पनि जनाइएको छ ।
नेपाल–भारत सीमाबाट बिना रोकटोक आवतजावत हुन सक्ने भएकाले सीसीटीभी राखेर निगरानी बढाउन लागिएको हो ।
तस्करदेखि आतंकवादी समूहले सीमाको प्रयोग गर्न सक्ने अड्कल गरिएको हो । पूर्वमा बढनी बोर्डरबाट बब्बर खालसा समूहमा जोडिएका आतंकवादीहरु पक्रिएको जनाइएको छ ।
खुला सीमाका कारण दुवै देशमा तस्करी बढिरहेको छ ।
जम्मू–कश्मीर घटनापछि भारतले सुरक्षा सतर्कता बढी नै अपनाउन थालेको छ । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि विशेषगरी पाकिस्तान भारतसंग रिसाइरहेको छ ।
आणविक हतियार प्रयोग हुन सक्ने भन्दै पाकिस्तानले भारतलाई धम्कीसमेत दिएको छ ।