arrow

महान्यायाधिवक्ता खरेलको नेतृत्वमा सातै प्रदेशका मुख्य न्यायाधीवक्ताहरु भारत भ्रमणमा

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
Agni_kharel.jpg

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलको नेतृत्वमा १२ सदस्यीय एक प्रतिनिधिमण्डल भारतको अवलोकन भ्रमणमा गएको छ ।  

टोलीले गत आइतबारदेखि आगामी शनिबारसम्म (२५ अगष्टदेखि ३१ अगष्टसम्म) भारतका विभिन्न स्थानको भ्रमणसंग कार्यशाला र अन्तरक्रिया गरिरहेको छ । उक्त भ्रमण टोलीमा सातै प्रदेशका मुख्य न्यायाधीवक्ताहरु पनि सहभागी रहेका छन् । 

भ्रमणको मुख्य उद्धेश्य भारतको केन्द्रीय र प्रदेश न्यायिक प्रणालीबीचको सम्बन्धको अध्ययन गर्नु रहेको बताइएको छ । त्यस्तै टोलीले महान्यायाधीवक्ता र मुख्य न्यायाधिवक्ताबीचको सम्बन्धका बारेमा समेत अध्ययन गर्नेछ । 

भ्रमण टोलीले भारतको नयाँदिल्लीमा रहेको सर्वोच्च अदालत र दिल्ली उच्च अदालतको भ्रमण गरिसकेको छ । त्यसैगरी टोलीले नयाँ दिल्लीमा रहेको इन्डियन ल इन्स्च्यिुटमा एक दिने कार्यशालामा समेत सहभागीता जनाइसकेको छ । 

टोली बुधबारदेखि शुक्रबारसम्म गुजरातको भ्रमणमा रहेको छ । उक्त भ्रमणका क्रममा गुजरातका महाधिवक्तासंग अन्तक्र्रिया गर्ने, गुजरात उच्च अदालतको भ्रमण गर्ने र गान्धीनगरमा रहेको गुजरात फरेन्सिक विज्ञान विश्वविद्यालय (जीएफएसयु) मा एक दिने कार्यशालामा टोलीले भाग लिनेछ । 

यसअघि गत मंगलबार महान्यायाधीवक्ता खरेलले भारतीय समकक्षीसंग भेटघाट गरेका थिए । उक्त क्रममा आपसी चासोका विषयमा छलफल भएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ