arrow

आचार्य बालकृष्णलाई उनकै पूर्व कर्मचारीले खुवाएका थिए ‘विष’ 

भारतमा खतरा, भदौ १८ गते नेपाल आउँदै

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
acharya-balkrishna.jpg

काठमाडौं । पतञ्जली आयुर्वेदका महाप्रवन्धक तथा सीईओ आचार्य बालकृष्णलाई उनी निकटकै पूर्व कर्मचारीले विष खुवाएको तथ्य फेला परेको छ । 

उनका पूर्व कर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य खुलेको हो । पतञ्जली योगपीठको मुख्यालयमा केही वर्षअघि काम गरेका पूर्व कर्मचारीले गत कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेका थिए । 

ती दोषीलाई कार्वाही प्रक्रिया अगाडि बढाइसकिएको बताइएको छ । विष मिसिएको पेडा खाएको पाँच मिनेटपछि छट्पटाएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए । 

उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर अवस्थामा दुई दिनसम्म उपचार गरी आचार्य बालकृष्ण आफ्नो निवास फर्किसकेका छन् । 

बालकृष्णको रेखदेख बाबा रामदेव र केही विशेष कर्मचारीले गरिरहेका छन् । 

बालकृष्ण पतञ्जली योगपीठका महासचिवसमेत हुन् । उनले नेपालमा ठूलो कम्पनी चलाउने योजना बनाएका छन् । त्यसैले पनि उनलाई भारतमा खतरा रहेको आशंका हुन थालेको छ । 

स्याङजाका बालकृष्णले लामो समयदेखि बाबा रामदेवको मुख्य सहयोगीका रूपमा काम गर्दै आएका छन् । 

आचार्य बालकृष्ण भदौ १८ गते नेपाल आउँदै छन् । उनको साथमा केही सहयोगीहरु रहने छन् । नेपालमा आयोजना गरिने केही कार्यक्रममा सहभागी हुने र योगपीठका प्रभारी, योगगुरुलाई आफ्नो धारणा सार्वजनिक गर्न उनी नेपाल आउन लागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ