arrow

‘चक्रपथमा यमराज’

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
tipper-accident.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राजधानीको चक्रपथमा पैदल यात्रुका लागि सडक वारपार गर्न जेब्रा क्रसिङ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै सदन र सरकारको ध्यानार्षण गराइएको छ ।

नेकपाका विरोध खतिवडाले चक्रपथमा जेब्रा क्रसिङ नभएका कारण पैदल यात्रुले अनाहकमा ज्यान गुमाउनु परिरहे पनि सरकार र सम्बद्ध निकायले ध्यान नदिएको भनी गुनासो गरे ।

“अभिभावकले यमराज देखाउन भन्दै आफ्ना बालबालिकालाई चक्रपथमा ल्याएर ट्रिपरलाई देखाउने गरेका छन् ।

ट्रिपर आतङ्कका कारण मासिक रुपमा सात जनाको ज्यान जाने गरेको छ तर सरकारले ट्रिपर व्यवस्थापनमा ध्यान दिएको छैन”, उनले भने, ट्रिपरको बोलाहा दौडाइ रोक्न तत्काल कदम चाल्नुपर्‍यो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ