arrow

काठमाडौंमा चोर छ्यापछ्याप्ति, सुनका गरगहनासहित धनमाल चोरी

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
chor-1.jpg

काठमाडौँ । काठमाडौँमा चोरीका घटना बढेको छ । काठमाडौँका विभिन्न स्थानबाट सुनका गरगहना र मालसामानसहित झण्डै छ लाख बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने रुषा श्रेष्ठको घरबाट बिहिबार सुनका गहना र मोबाइल गरी रु तीन लाख ४८ हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहिबारै काठमाडौँ, टोखा नगरपालिका–३ बानियाटार भत्केको पुल बस्ने पूर्णमान श्रेष्ठको घरबाट स्कुटर, मोबाइललगायत विभिन्न सामग्री गरी करीब रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यता काठमाडौँ, महानगरपालिका–७ चाबहिलस्थित गणेश मन्दिर नजिक सडकपेटीमा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ