arrow

नेपाली भएकैले विद्यालयबाट निकालिएको भन्दै दुई छात्राले पठाए मोदीलाई पत्र 

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
Sister-india-school-letter-modi.jpg

काठमाडौं । नेपाली भएकैले विद्यालयबाट निकालिएको भन्दै भारतको मध्य प्रदेशमा अध्ययनरत दुई छात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उजुरी गर्दै पत्र लेखेका छन्। 

आफूहरूलाई नेपाली-नेपाली भनेर हेप्ने, दुःख दिने लगायतका कार्य हुँदाहुँदै विद्यालयबाट निकाल्ने काम समेत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखेका छन्।

मध्य प्रदेश धारका प्रतिष्ठित ऐमिनेन्ट पब्लिक स्कूलमा अध्ययनरत नेपाली छात्राहरु अवनिशा खडका र अनुष्का खडका नर्सरी देखिनै अध्ययन गर्दै आएका छन्। तर अन्य विद्यार्थी तथा शिक्षकले दुख दिएपछि उनीहरुले विद्यालय प्रशासनलाई गुनासो गरेका थिए। खड्का परिवारले छोरीहरूले व्यहोरेको समस्या शिक्षकहरुसँग राख्दा स्कूल व्यवस्थापनले उल्टै खड्का परिवारलाई उनीहरुका छोरीहरूलाई विद्यालयबाट निकाला गरेको सूचना पठाएको छ। 

कक्षा ८मा पढ्ने अवनिशा र ५मा पढने अनुष्का खड्काले केहि सिप नलागेपछि प्रधानमन्त्री मोदीलाई पत्र लेखेर सहयोगको लागि गुहार लगाएका छन्। नेपाली भएकै कारण स्कूलमा भेदभाद गरिएकोमा जिल्ला शिक्षा अधिकारीलाई पनि छात्राको मातापिताले उजुरी गरेका छन्।

अभिभावकले अभद्र व्यवहार गरेको आरोपमा विद्यालयबाट छात्राहरु निष्कासन गर्ने कार्य मान्न नसकिने स्थानीय जिल्ला शिक्षा अधिकारी मंगेश व्यासले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ