arrow

स्याङ्जाका महिलालाई महामन्त्री कोइरालाले प्रशिक्षण दिने

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
sasank.jpg

स्याङ्जा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ स्याङ्जाले शनिवार आयोजना गरेको एक कार्यक्रमका लागि नेपाली कांग्रेसका महामन्त्री शंशाङ्क कोइराला स्याङ्जा आउदैछन् । नेपाल महिला संघको ७२ औं स्थापना दिवस एंव संस्थापक अध्यक्ष स्वर्गिय मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा महिला संघ स्याङ्जाले प्रकाशित शक्ति नाम स्मारिका विमोचन, प्रशिक्षण एंव तिज विशेष कार्यक्रमको उदघाटन गर्न महामन्त्री कोइराला भदौ १४ गते शनिवार स्याङ्जा आउन लागेका हुन् ।

कोइरालाले स्याङ्जामा कार्यकर्ता भेटघाट र आगामी दिनमा कांग्रेसको भुमिका बिषयमा समेत छलफल हुने बताइएको छ ।  नेपाल महिला संघ स्याङ्जाले प्रकाशित गरेको शक्ति नामक स्मारिकामा नेपाली राजनीतिमा नेपाली महिलाहरुले खेलेको भुमिका, जिल्लाको कस—कसले नेतृत्व गरेको थियो लगायतका बिषय र नेता तथा कार्यकर्ताहरुको लेखलाई समेटेर पुस्तक तयार पारिएको जिल्ला अध्यक्ष कल्पना तिवारीले जानकारी दिइन् ।

महामन्त्री कोइरालाले पुर्व अध्यक्ष, शहिद पत्नी र महिला संघमा योगदान गरेका दर्जनौ महिला नेतृहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष तविारीले बताईन् । महिलाहरुलाई कांग्रेसका नेताहरुले प्रशिक्षित गर्ने कार्यक्रम पनि तय भएको छ । जसका लागि केन्द्रिय सदस्य महेश आचार्य, धनराज गुरुङ्, गुरु घिमिरे, महिला नेतृ पुष्पा भुषाल, डिला संग्रौला, उमा रेग्मी पनि महामन्त्री कोइराला सगै स्याङ्जा आउने अध्यक्ष तिवारीले जानकारी दिइन् ।

११ स्थानीय तहमा प्रशिक्षण, भेला र नेतृत्व गठन गरेको महिला संघ स्याङ्जाले यस कार्यक्रमलाई जिल्ला भेला पनि बताएको छ । सबै स्थानीयतहबाट महिला नेतृहरुको सहभागीता रहने गरि तयारीलाई तिब्र पारेको महिला संघका उपाध्यक्ष देवी अर्यालले जानकारी दिइन् । सबै स्थानीयतहबाट आउने जाने व्यवस्था सहित महिला नेतृहरुलाई जिम्मेवारी दिइएको बताइएको छ ।

 महामन्त्री कोइराला उद्घाटन गर्ने कार्यक्रमलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता सहभागी जनाउन नेपाली कांग्रेसका महासमिति सदस्य शिवकुमार गिरीले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ