arrow

बजारबाटै बालिकालाई अपहरण गरी करणी

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार

सप्तरी । सप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपहरण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् ।
 
आरोपितहरुले राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिका रुँदै घर आएकी उनकी आमाले जानकारी दिइन् । विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितहरुको नाम र ठेगाना बताउन सकेकी छैनन् ।

इन्सेक सप्तरीको कार्यालयमा बिहान पीडित बालिकासहित आएकी उनकी  आमाले इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएकी थिइन् ।

बालिकाको अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको इन्सेकका प्रतिनिधि मनोहर पोखरेलले जानकारी दिए।

 आरोपितहरुको नाम र ठेगाना नखुलेपछि प्रहरीले बालिकाले बताएको हुलियाका आधारमा उनीहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ