arrow

गगन थापाको चेतावनी: अबको धर्ना सिंहदरवार भित्रै मन्त्रालयमा हुन्छ

logo
कृष्ण आचार्य,
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
gagans3.JPG

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का सांसद गगन थापा आफ्नो क्षेत्रका नागरिक सहित सडक विभागमा धर्नामा बसेका छन्। कपन लगायत क्षेत्रभरिको सडक निर्माणमा ढीलासुस्ती भएपछि सडक विभाग लगायत सरोकारवाला निकायलाई पटक पटक गुहार्दा आजीत भएका थापा स्थानीय सहित धर्नामा बसेका हुन्।

सांसद थापाले जनताले आफ्ना आवाज उठाउनकै लागि आफुहरुलाई संसदमा पठाएको तर सरकारले त्यहि आवाजको सुनुवाई नगरेको कारणले काठमाडौँको सडक समस्या माथि ध्यान केन्द्रित गराउनका लागि सांकेतिक धर्ना बस्न बाध्य भएको जनाए।

काठमाडौँका सडकहरुको निर्माण कार्य गत बर्षनै सम्पन्न हुनुपर्नेमा अहिलेसम्म पनि काम नभएको, ठेकेदार कम्पनिले दुई बर्षमा जम्मा २० प्रतिशत मात्रै काम गरेको उल्लेख गर्दै थापाले त्यस्ता ठेकेदार कम्पनीलाई काम गर्ने म्याद नथपी कार्वाही गर्नुपर्ने बताए।

केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र पठाएका थिए । पत्र पठाएपनि त्यतिबेला उनीहरुलाई कार्वाही गरिएको थिएन । कार्वाही गर्नुको साटो कपन क्षेत्रमा खानेपानी आयोजना निर्माणको जिम्मेवारी पनि सडक अलपत्र पार्ने कम्पनीलाई नै दिइएको भन्दै सांसद थापासहितका स्थानीयहरुले चर्को विरोध गरेका छन् । सांसद थापाको क्षेत्रमा सैलुङ कन्सट्रक्सनले जिम्मेवारी लिएको छ । कन्सट्रक्सनका मालिक नेकपा अध्यक्ष पुष्पकमल दाहालका 'खास' मानिस हुन् ।

सम्झौता अनुसार काम नगरेको कम्पनिलाई कारबाहीको माग गरि सडक विभागका महानिर्देशक, सचिव तथा  सूचना अधिकारीलाई बारम्बार पत्र लेख्दा पनि सुनुवाई नभएको तथा जनता र जनप्रतिनिधिको सहयोग हुदाहुदै पनि काम नभएकोमा थापाले आक्रोश पोखे।

सडक विभागको गैर जिम्मेवार प्रवृतिकै कारण जनता कार्यालयमा आएर धर्ना बस्नु परेको उल्लेख गर्दै थापाले माग सुनुवाई नभए सिंहदरवार भित्रै मन्त्रालयमा धर्ना दिने चेतावनी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ