arrow

गौहत्या गर्नेमाथि कारवाही गर्न कांग्रेसको माग

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको सामाचार प्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै भनेका छन्,' गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ । नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु भनेको जघन्य अपराध हो । यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो । गौहत्या कार्य प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ ।'

घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरीन नदिन नेपाल सरकार एवं सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ