arrow

जीप दुर्घटनामा चालकको मृत्यु

logo
रासस,
प्रकाशित २०७६ भदौ १४ शनिबार
rolpa-final.png

रोल्पा। शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ। सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पुर्‍याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो।

दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए। शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पुर्‍याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ