arrow

फलोअप उपचारका लागि डा रामवरण यादव चण्डीगढ जाँदै

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
rambaran-yadav.jpeg

काठमाडौं। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव स्वास्थ्य उपचारको लागि भारत जाने भएका छन्।

भारतको चण्डीगढस्थित पोष्टग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चमा हुने स्वास्थ्य परिक्षणका लागि यादव शनिवार भारत जाने भएका हुन्। 

नेपाल एयरलाइन्सको उडानबाट यादव शनिवार पौने २ वजे नयाँदिल्लीतर्फ प्रस्थान गर्ने छन्। यादवको साथमा अनिता यादव प्ररदिप कुमार यादव र सेनाका सहसेनानी सरोज केसी समेत भारत जाँदै छन्। 

३ बर्ष अघी पहिचान भएको क्यान्सरको फलोअप उपचारका लागि यादव चण्डीगढ जान लागेका हुन्। यादवले विद्यार्थीकालमा चण्डीगढस्थित पोष्टग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चमै मेडिकल शिक्षाको अध्ययन गरेका थिए।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ