'कृषकहरुको बाच्छामाथि हुने क्रुर ब्यवहारको अन्त्य जरुरी'
प्रकाशित २०७६ भदौ १४ शनिबार
660
Shares
काठमाडौं। सुर्खेतबाट दैलेख जाने भिरमा नेपालगंजबाट ल्याईएका गाईगोरुलाई खसालेर मारेको कुराले राष्ट्रिय चर्चा पाएको छ। यसैक्रममा यस प्रकारको नृशंस हत्याले हाम्रो समाज कुन बाटोतर्फ उन्मुख हुँदैछ भन्ने बिषयमा सोच्न सबैलाई बाध्य तुल्याएको छ ।
प्रशासनले आफ्नो काम शुरु गरिसकेको छ। मुख्य राजनैतिक दलहरुले पनि छानविनको माग गरेका छन्। पछिल्लो समयमा सीमा नाकाहरुबाट हुने गरेको गाइगोरुको तस्करीले नियमितता पाईरहँदा गाईका बाछाबाछीहरुलाई सानै उमेर बेवारिसे रुपमा छाडिदिने प्रबृत्तीले सामाजीक बिकृती र मान्छेभित्र खस्कँदै गरेको नैतिक आचरणलाई छताछुल्ल बनाएको छ ।
यसैक्रममा सेभ द लाईभ्स भनेर प्राणीहरुको रक्षार्थ अभियान चलाईरहेका अभियन्ता उत्तम पुडासैनीले ‘गाई पालक कृषकहरुले साना बाछाबाछीमाथी गर्ने क्रुर ब्यवहार र उमेर नपुग्दै छाडा छाड्ने प्रबृत्तीको अब अन्त्य हुनु जरुरी छ । सडक, नदी किनार र यत्रतत्र भौंतारिएका बाछाबाछीको ब्यवस्थापनमा सम्बन्धित नगरपालिका वा गाउँपालिकाले जिम्मेवारी बहन गर्ने परिपाटीको शुरुआत हुनु जरुरी छ’ भनेका छन्।
उनले हत्यारालाई कारवाही होस् भन्दै प्रेस विज्ञप्ति पनि सार्वजनिक गरेका छन्।
हत्यारालाई कारवाही होस्
नेपालगन्जबाट ट्रकमा लोड गरि ल्याईएका गाई गोरुलाई सुर्खेतको भीरबाट खसालिएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । देशको राष्ट्रिय जनावरमाथी भएको यस प्रकारको नृशंस हत्याले हाम्रो समाज कुन बाटोतर्फ उन्मुख हुँदैछ भन्ने बिषयमा सोच्न सबैलाई बाध्य तुल्याएको छ । पछिल्लो समयमा गौप्राणीहरु माथी हुने गरेको अत्याचारले सिमा नाघिसकेको चर्चा यत्रतत्र हुँदैगर्दा गाईगोरुहरुको सामूहिक हत्याले सचेत नेपाली समूदायलाई चिन्तित तुल्याएको छ ।
सीमा नाकाहरुबाट हुने गरेको गाइगोरुको तस्करीले नियमितता पाईरहँदा गाईका बाछाबाछीहरुलाई सानै उमेर बेवारिसे रुपमा छाडिदिने प्रबृत्तीले सामाजीक बिकृती र मान्छेभित्र खस्कँदै गरेको नैतिक आचरणलाई छताछुल्ल बनाएको छ । नदी किनार र सार्वजनिक स्थलबाट साना गाईबाछाहरुको हत्या गरि मासु लैजाने प्रबृत्तीले निरन्तरता पाईरहँदा मस्त निदाएको हाम्रो प्रशासन यत्तिको ठुलो संख्यामा गाईगोरुको हत्या हुँदा थोरै ब्युँभिएको आभाष मिलेको छ ।
यत्रतत्र छाडा छाडिएका गाईबाछाहरु पानी पिउन नपाएर यत्रतत्र मारिएका छन, खान नपाएर अनि बदलिंदो मौसममा आश्रय नपाएर मारिएका छन । चरम अत्याचारको शिकार भएका गाई बाछाहरु यत्रतत्र कुकुरको आक्रमणबाट मारिएका छन, जैगली जनावरको शिकार बन्न बाध्य पारिएका छन । दया र करुणाको भिख माग्दै मान्छेको छेउमा आएर शरणको पुकार गरिरहेका त्यस्ता प्राणीको रक्षा खातिर सरकारी स्तरबाट पहल कदमी अत्याबश्यक भएको छ ।
राष्ट्रिय जनावरको हत्या भनेको राष्ट्रप्रतिको गद्दारी पनि हो । राष्ट्रिय जनावरमाथी हुने अन्याय र क्रुरताको अब अन्त्य हुनु जरुरी छ । गाई पालक कृषकहरुले साना बाछाबाछीमाथी गर्ने क्रुर ब्यवहार र उमेर नपुग्दै छाडा छाड्ने प्रबृत्तीको अब अन्त्य हुनु जरुरी छ । सडक, नदी किनार र यत्रतत्र भौंतारिएका बाछाबाछीको ब्यवस्थापनमा सम्बन्धित नगरपालिका वा गाउँपालिकाले जिम्मेवारी बहन गर्ने परिपाटीको शुरुआत हुनु जरुरी छ । प्रत्येक नगरमा कम्तिमा एउटा कान्जी हाउसको ब्यवस्था हुनु जरुरी छ । आफ्नो क्षेत्रभित्र पालिएका चौपायाको अभिलेख राख्दै कृषकलाई सहुलियतको ब्यवस्था गर्नु जरुरी छ ।
बिगत १०९ दिनदेखि बसहारा र छाडा छाडिएका बाछाबाछीहरुको सोवमा समर्पित रहँदै उनीहरुलाई सानो आश्रय दिंदै कम्तिमा बिहान यथेष्ट पानी, नुन, पिठो लगायत उचित खानपीनको ब्यवस्था गरिरहँदा तीनै गाईगोरुको सामूहिक हत्याको समाचारले हामीलाई आतंकित तुल्याएको छ । चौपायाको सामूहिक हत्यामा संलग्न जो कोहीले उन्मुक्ति नपाओस ।