नेपाली कांग्रेस विराटनगर नगरले मनायो विपिको जन्मजयन्ती
प्रकाशित २०७६ भदौ १४ शनिबार
524
Shares
विराटनगर। नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस महानगर कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नका साथै अस्पतालका सवै बेरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो । कार्यक्रममा नपाली कांग्रेस मोरडका सभापति डिगवहादुर लिम्वुले विपिको योगदान र उनका भनाइलाई कांग्रेसले आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने बताए । नेपाली कांग्रेस नगरका सभापति तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले विपिको विचार आजपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै यसमा सवै कांग्रेसीजन गोलवद्ध भएर हिड्न आबश्यक रहेको औल्याए । उनले विराटनगरको विकासमा सवैको खवरदारी र सुझाव आबश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे ,कांग्रेस नेतृ तथा प्रदेशसभा सदस्य बिन्दिया कार्की,शान्ता पौडेल ,कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने,सचिव प्रकाश दाहाल ,निरज कोइराला , लगायतका ब्याक्तिहरुको सहभागिता रहेको थियो .
पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।
कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।
विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वा्चित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।