arrow

गगन थापा धर्नामा बस्नुका यस्ता छन् कारणहरु ...

महिनौं अध्ययन/अनुसन्धान गरेर रिपोर्ट योजना आयोगमा बुझाएको डेढ वर्ष भयो

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
gagan-narottam-ktm4.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं चार नं क्षेत्रका सांसाद गगन कुमार थापाले आफ्नो क्षेत्रमा सडक निर्माणमा ढिलासुस्ती भए पछि शुक्रवार सडक बिभागमा सांकेतिक धर्ना कार्यक्रम गरेका थिए।

उनको साथ प्रादेशिक सांसद नरोत्तम बैद्य र न्हुच्छेनारायण श्रेष्ठ रहेका थिए। लामो समयदेखि बिभिन्न निकायमा धाउँदा, अनेक बैठकहरु गरेर ठेकेदारलाई काम गर्ने सहज वातावरण बनाईदिंदा पनि काम नभए पछि धर्ना जस्तो बिरोधको कार्यक्रम गर्न परेको थापाले बताएका छन्।

उनको बिरोधलाई लिएर सामाजिक संजालमा अनेक टिका टिप्पणी पनि भएका छन्। उनी जस्ता सांसदले संसदबाट आफ्नो आवाज उठाउनु पर्ने भन्ने पक्ष पनि रहेको छ। थापा जस्ता सांसद सडकमा आई हाल्न नहुने बिचार एकथरीको छ भने अर्काथरीले उनको समर्थन गरेका छन्।

सामाजिक संजालमा उनको पक्षमा समर्थन बढि देखिएको छ। केहिले प्राईवेट बिधेयकको कुरा गरेका छन् भने केहिले ठेक्का पट्टाको कानुन परिवर्तन गर्न पर्ने कुरा उठाएका छन्। यस्ता प्रश्नहरु सबैको सिधा उत्तर सांसद थापासँग रहेको छ।

उनले आफ्नो क्षेत्रमा काम नभएको लामो सय भएपछि गर्न सक्ने सबै काम गरेको तर सडक नबने पछि धर्नामा बस्नु परेको स्पष्ट पारेका छन्।

गगन भन्छन – ‘मेरो क्षेत्रको सडक कानुन नभएर भन्दा पनि प्रचलित कानुनको कार्यान्वयन गर्ने निकायले र दायित्ववोध नगरेर हो। कुन कानुनको के प्रयोग गर्दा परिणाम आउँछ भनेर कार्यान्वयन गराउन दबाब दिइरहेको २ वर्ष भयो।‘

ठेकेदारको काम सहज बनाउनका लागि उसका कर्मचारीका ालगि कोठा खोज्दिने र ग्याँस खोज्दिनेसम्मको कार्य गरेको उनले स्मरण गरेका छन्। सबै किसिमबाट काम गर्ने बातावरण बनाउँदा पनि काम नगरे पछि धेरै बिकल्पहरु नि रहँदैनन् उनले भने। 

“हाम्रो सडक बनाउनका लागि सडक संघर्ष गर्नुको विकल्प नभइसकेपछि तत्काल काम सुरु गर्नका लागि यो सांकेतिक धर्ना हो । तत्काल काम सुरु नभए धर्ना कार्यक्रम हुन्छ,” उनले भने, “अबको धर्ना कार्यक्रम यहाँ हुँदैन, सिंहदरबारमा हुन्छ र मन्त्रालयभित्र हुन्छ ।”

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तत्काल अधुरा सडकहरुको निर्माण कार्य अगाडि बढाउन आग्रह गर्दै माग पूरा नभए नागरिकको दुःखको उपचार मन्त्रालयमै आएर खोज्ने पनि चेतावनी दिएका छन् ।

उनको चेतावनीलाई मन्त्री महासेठले कुनै प्रतिक्रिया जनाएका छैनन्। गगनको पक्षमा क्षेत्रका मानिसहरु देखिएका छन्। उनको निरन्त्रको सकृयताले पनिकाम अघि नभढ्दा उनीसँगको राजनैतिक प्रतिशोध लिनका लागि सरकारले जनतालाई दुख दिईरहेको त होईन भन्ने प्रश्न क्षेत्रमा उठ्न थालेको छ।

गगन अहिले सरकारका लागि एक्ला प्रतिपक्ष जस्तो देखिन थालेका छन्।  उनका प्रश्नहरुले सरकारको धेरै पटक निन्द्रा खराब गरिसकेको छ। उनीसँगको यस्तै प्रतिशोध साँध्न जनतालाई दुख त दिएको होईन सरकारले ?

उनले संसदमा सभामुख पनि आफ्नो पक्षमा नरहेको र आफ्नो कुरा नसुन्ने बताएका छन्। ‘संसदमा मैले दर्ता गरेका प्रश्न त कार्यसुचीमा अट्दैन । सार्वजनिक वा ध्यानाकर्षण प्रस्तावल् कहिले मौका पाउदैनन् , यहाँत प्राइभेट विद्येयकको कुरा छ।‘ सभामुख प्रति गुनासो पोख्दै गगनले भने।

हिजोको धर्नामा गगनले स्पष्ट पारेका छन् -“म यहीँबाट मन्त्रीजीलाई आग्रह गर्दछु– तपाईं कि आउनुस् सडकमा कि बनाउने काम तत्काल सुरु गर्नुस् । होइन भने हामी सडकको अड्डामा आएर धेरै दुःख दिन्नौं । धर्ना दिने कार्यक्रम सिंहदरबारभित्र हुन्छ,” उनले भने, “हामी सडकमा गएर जनतालाई दुःख दिन चाहन्नौं । तर हामीलाई दुःख दिएर मन्त्रीजी आरामले बस्न पाउनुहुन्न । हामी मन्त्रीजीको कार्यकक्षमा आएर त्यहाँभित्र हामी नागरिकले पाएको दुःखको उपचार खोज्छौं ।”

उनले सडकमा गएर सकेसम्म जनतालाई दुख नदिने र उनीहरुको दैनिकी प्रभावित नपार्ने जनाएका छन्। सडकामा जाँदा सँधै दुख पाईरहेका मानिसहरुले फेरि दुख पाउने हुन्। सकेसम्म मन्त्रालयर बिभागमा गरिने बिरोधले काम गर्नेमा उनी आशावादी छन्।

निर्माण ठेक्काको कानुन परिवर्तन गर्नु पर्ने कुरा उठिरहेको बेला उनले आफ्नो बिगतमा गरेको काम सम्झंदै भने ‘निर्माणको काम समयमा सम्पन्न गराउन ठेक्का प्रणालीमा नयाँ प्रबन्ध के गर्ने भन्नेमा महिनौं अध्ययन/अनुसन्धान गरेर रिपोर्ट योजना आयोगमा बुझाएको डेढ वर्ष भयो।‘

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ