arrow

गाउँपालिका अध्यक्ष गिरीद्वारा बहुविवाह आरोपको खण्डन्

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
Pyuthan-hamrakura.jpg.jpeg

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीलाई जिल्ला हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्धा जाहेरी भएको छ । यसरी बहुविवाहको जाहेरी दिने महिला अध्यक्ष गिरीकी श्रीमती सिता केसी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उनले हुलाक मार्फत भाद्र १० गते बहुबिबाहको मुद्धा जाहेर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

तर यस घटनाको बिषयमा अध्यक्ष गिरीले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफूले बिबाह नगरेको बताएकाछन् । उनले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ, “बहुविवाह गरेको भन्ने मुद्धा र समाचारहरुमा कुनै सत्यता नभएको जानकारी सबैमा गराउँदै अझ बालविवाह गर्‍यो भनेर अफवा फैलाउने प्रयास भएकोमा दुखि छुँ ।”

अध्यक्ष गिरीले आफू पालिकाको काम र आफ्नो स्वास्थ्य उपचारको लागि जिल्ला बाहिर रहेको बिज्ञप्तीमा बताएकाछन् । जारी गरेको बिज्ञप्तीमा भनिएको छ, “गाउँपालिकाको काम र आफ्नो स्वास्थ्य उपचारको शिलसिलामा जिल्ला बाहिर रहेको अवस्थामा नयाँपत्रिकामा तथ्यहिन समाचार प्रकाशन गर्ने र आफूलाई उमेर नपुगेको बालिकासँग विवाह गरेको भन्दै केही सञ्चार माध्ययमहरुमा समेत आएका समाचारहरु प्रति मेरोे गम्भिर ध्यानाकर्षण भएको छ ।

साथै यस घटनाले मलाई दुखि बनाएको छ ।” अध्यक्ष गिरीले १० बर्षयता आफ्नो पारिवारीक समस्या रहेको बताउँदै आफ्नो निजी जीवन भन्दा सामाजिक क्षेत्रमा समर्पित भएको बताएका छन् । उनले घटनाको बिषयमा सबै समाजसेवी, नागरिक समाज तथा बौद्धिक समुहबाट सत्यतथ्यको खोजि र सकारात्मक सहयोगका लागि आग्रह समेत गरेका छन् ।

गिरीले कपोल्कल्पित मुद्धा बनाएर नयाँ पत्रिकाको हवला दिदै केही सामाजिक सञ्जाल मार्फत हिलो छ्याप्नेहरु लाई समाजिक एवम् कानुनि कार्बाहीको माग समेत बिज्ञप्ती मार्फत गरेकाछन् । बहुबिबाहको मुद्धाको सत्य तथ्य छानविन प्रकृयामा आफूले सहयोग समेत गर्ने बिज्ञप्तीमा उल्लेख गरेकाछन् ।

अध्यक्ष गिरीको बिगत १० बर्ष यता पारिवारीक बिचलन रहेकोले श्रीमान श्रीमती छुट्टाछुट्टै बस्तै आएका थिए । गिरीकी श्रीमती सिता केसी दुई छोरीको साथमा छुट्टै बस्दै आएको र गिरी आफ्नो बुबाआमाका साथमा बस्दै आएकोमो स्थानिय तहको निर्बाचन पश्चात गौमुखी गाउँपालिकाको ठुलावेसीमा बस्दै आएकाछन् । बहुबिबाहको मुद्धा परेसँगै प्रहरीले अनुसन्धान सु्रु गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ