arrow

३३० प्रदेश निर्वाचन क्षेत्रमा जागरण गर्दै कांग्रेस

२४ भदौदेखि १० असोजसम्म चल्ने

logo
सुजिता बडाल,
प्रकाशित २०७६ भदौ १४ शनिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३ सय ३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियानको तयारी गरको छ । कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्य अन्तर्गत १०५औं विपिजयन्तीको अवसर पारेर २४ भदौबाट १० असोजसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरणको तयारी गरेको हो । 

यस अघि कांग्रेसले ७७ वटै जिल्लामा पहिलो चरण अन्तर्गत २५ बैशाखबाट २५ जेठसम्म एक महिने जागरण चलाएको थियो । दोस्रो चरण अन्तर्गत ३ सय ३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा अभियान आयोजना गरिने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । 

‘३ सय ३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण हुदैछ, जागरणमा खटाइने प्रतिनिधिबारे छिटै टुंगो लाग्छ ।’ निधिले हाम्राकुरासँग भने । सहमहामन्त्री डा. प्रकाशसरण महतले पार्टीका पदाधिकारी सहित केन्द्रीय तहका नेता, सांसद, पूर्व सांसद तथा पूर्व केन्द्रिय सदस्यहरु प्रतिनिधिका रुपमा सहभागी हुन सक्ने बताए । 

कांग्रेसले संगठन सुदृढीकरण, सरकार विरुद्धका गतिविधि लगायतका १५ वटा मुख्य मुद्दालाई लिएर जनजागरण अभियान गर्दै आएको छ । कांग्रेसले तेस्रो चरणको अभियान भने ७ पुसबाट १६ गतेसम्म अर्थात १० दिन ७ सय ५३ वटै स्थानीय तहमा जनजागरण अभियान गर्ने लक्ष्य लिएको छ । 

जागरण अभियानमार्फत कांग्रेसले महासमितिबाट पारित विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्ने लगायतका उद्देश्य लिएको छ । 

कांग्रेसले पहिलो चरणको जागरण अभियानबाट पार्टीका कार्यक्रमलाई भद्धा हुन बाट रोक्न भन्दै पार्टीका गतिविधिहरुमा बोल्ने वक्तालाई समेत नियन्त्रणको नीति लिएको छ । कांग्रेसले पहिलो चरणको जागरणबाटै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रुपमा राख्ने रणनीति लिएको हो । 

यसैगरी देशैभर हुने जागरण कार्यक्रमका लागि व्यानर तथा पर्चा समेत एउटै प्रकारको प्रयोग गरिने नीति कांग्रेसले लिएको छ । यस्तै, कांग्रेसले पार्टीको कार्यक्रममा ‘ब्याच’ र ‘माला’लाई समेत प्रतिबन्ध लगाएको छ । पार्टीका कार्यक्रममा अनावश्यक रूपमा समय खर्च हुने भन्दै कांग्रेसले कार्यक्रमबाट ‘ब्याच’ र ‘माला’मा समेत प्रतिबन्ध गरेको हो । 

कांग्रेसले जनजागरण अभियानका क्रममा हुने कार्यकममा दीर्घजीवी विरुवा रोपेर र दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नेछ । गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई उच्च पार्नसमेत जागरण अभियान फलदायी हुने लक्ष्य कांग्रेसले लिएको छ । 
 
कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि खटाइसकेको छ । कांग्रेसले यस अभियानमार्फत २००७ सालदेखि २०१७, २०१७ देखि २०३६ र २०३६ देखि २०४६ सम्मका विभिन्न चरणका आन्दोलनमा सहभागी भएका आफ्ना नेताहरूको समेत खोजी गर्ने लक्ष्य लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ