arrow

'राष्ट्रिय जनावरको हत्या, राष्ट्रप्रतिको गद्दारी'

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
cow-dead.jpg

काठमाडौं ।  सेभ द लाईभ्सले चौपायाको सामूहिक हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । सेभ द लाईभ्सले आइतबार विज्ञप्ति जारी गर्दै  नेपालगन्जबाट ट्रकमा लोड गरि ल्याईएका गाई गोरुलाई सुर्खेतको भीरबाट खसालिएको घटनाप्रति ध्यानाकर्षण जनाएको छ ।

 अभियन्ता उत्तम पुडासैनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' देशको राष्ट्रिय जनावरमाथी भएको यस प्रकारको नृशंस हत्याले हाम्रो समाज कुन बाटोतर्फ उन्मुख हुँदैछ भन्ने बिषयमा सोच्न सबैलाई बाध्य तुल्याएको छ । पछिल्लो समयमा गौप्राणीहरुमाथी हुने गरेको अत्याचारले सिमा नाघिसकेको चर्चा यत्रतत्र हुँदैगर्दा गाईगोरुहरुको सामूहिक हत्याले सचेत नेपाली समूदायलाई चिन्तित तुल्याएको छ ।'

सीमा नाकाहरुबाट हुने गरेको गाइगोरुको तस्करीले नियमितता पाईरहँदा गाईका बाछाबाछीहरुलाई सानै उमेर बेवारिसे रुपमा छाडिदिने प्रबृत्तीले सामाजीक बिकृती र मान्छेभित्र खस्कँदै गरेको नैतिक आचरणलाई छताछुल्ल बनाएको छ ।  नदी किनार र सार्वजनिक स्थलबाट साना गाईबाछाहरुको हत्या गरि मासु लैजाने प्रबृत्तीले निरन्तरता पाईरहँदा मस्त निदाएको हाम्रो प्रशासन यत्तिको ठुलो संख्यामा गाईगोरुको हत्या हुँदा थोरै ब्युँभिएको आभाष मिलेको छ ।

यत्रतत्र छाडा छाडिएका गाईबाछाहरु पानी पिउन नपाएर यत्रतत्र मारिएका छन, खान नपाएर अनि बदलिंदो मौसममा आश्रय नपाएर मारिएका छन । चरम अत्याचारको शिकार भएका गाई बाछाहरु यत्रतत्र कुकुरको आक्रमणबाट मारिएका छन, जंगली जनावरको शिकार बन्न बाध्य पारिएका छन । दया र करुणाको भिख माग्दै मान्छेको छेउमा आएर शरणको पुकार गरिरहेका त्यस्ता प्राणीको रक्षा खातिर सरकारी स्तरबाट पहल कदमी अत्याबश्यक भएको छ ।  

विज्ञप्तिमा,' राष्ट्रिय जनावरको हत्या भनेको राष्ट्रप्रतिको गद्दारी पनि हो । राष्ट्रिय जनावरमाथी हुने अन्याय र क्रुरताको अब अन्त्य हुनु जरुरी छ । गाई पालक कृषकहरुले साना बाछाबाछीमाथी गर्ने क्रुर ब्यवहार र उमेर नपुग्दै छाडा छाड्ने प्रबृत्तीको अब अन्त्य हुनु जरुरी छ । सडक, नदी किनार र यत्रतत्र भौंतारिएका बाछाबाछीको ब्यवस्थापनमा सम्बन्धित नगरपालिका वा गाउँपालिकाले जिम्मेवारी बहन गर्ने परिपाटीको शुरुआत हुनु जरुरी छ । प्रत्येक नगरमा कम्तिमा एउटा कान्जी हाउसको ब्यवस्था हुनु जरुरी छ । आफ्नो क्षेत्रभित्र पालिएका चौपायाको अभिलेख राख्दै कृषकलाई सहुलियतको ब्यवस्था गर्नु जरुरी छ' उल्लेख छ ।

बिगत १०९ दिनदेखि बसहारा र छाडा छाडिएका बाछाबाछीहरुको सोवमा समर्पित रहँदै उनीहरुलाई सानो आश्रय दिंदै कम्तिमा बिहान यथेष्ट पानी, नुन, पिठो लगायत उचित खानपीनको ब्यवस्था गरिरहँदा तीनै गाईगोरुको सामूहिक हत्याको समाचारले सेभ  द लाईभ्स  आतंकित तुल्याएको भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ