arrow

कांग्रेस जिल्ला उपसभापतिलाई शोकमाथि शोक, आमाको काजमै गुमाए श्रीमती

logo
सीता डोटेल,
प्रकाशित २०७६ भदौ १५ आइतबार
dhakal-sreemati.jpg

सीता डोटेल, पाल्पा । आमाको काजक्रियामा रहेका नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं सामाजिक अभियान्ता देवराज ढकाललाई शोकमाथि फेरि अर्को शोक परेको छ ।  गत सोमबार आमा भिम कुमारी ढकालको निधनमा काजक्रियामा रहेका ढकालका धर्मपत्नी गौरा ढकालको शनिबार विहान ६७ वर्षको उमेरमा निधन भएको छ ।

सासुआमाको काजक्रियामा बसीरहेकी गौरा ढकाल अकस्मात शनिवार बिहान घरमा नै ढलेकी थिइन्। तत्कालै रामपुर अस्पतालमा पुर्याउना साथ ढकाललाई अस्पतालले मृत घोषणा गरेको थियो । लामो समयदेखि सुगर र प्रेसरको औषधी खादै आएकी गौरालाई शुक्रबार साझदेखी असहज भएको उनका श्रीमान देवराज ढकालले बताए।

उपसभापति ढकाल र धर्मपत्नी स्वर्गीय ढकालका १ छोरा र ४ छोरी छन् । त्यस्तै अर्का स्वर्गीय श्रीमती तर्फ १ छोरा र १ छोरी छन् । उपसभापति ढकाल नेपाली कांग्रेस जिल्ला उपसभापतिसंगै शहिद बहुमुखी क्याम्पस रामपुर सञ्चालक समितिका अध्यक्ष, रेडक्रस जिल्ला उपसभापति, कालीगण्डकी मल्टिटेक्निकल ईन्स्टिच्युटका अध्यक्षसहित जिल्लाका दर्जन बढी सामाजिक संघ, संस्थामा आवद्ध रहँदै आएका छन् ।   
              
स्वर्गीय गौरा ढकालको शनिबार नै कालीनदी किनार तिलकपुर  तातोपानीघाटमा दाह संस्कार गरिएको छ । शनिबार नेपाली कांग्रेस पाल्पाका नेतृत्व पंक्ती सहित सयौं कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।            

यसैबिच नेपाली कांग्रेसले आजै पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी संगठनमा उहाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उनको घरमा नै भएको सभामा नेपाली कांग्रेस जिल्ला सभापती तथा प्रदेश सांसद वीर बहादुर राना, नगर सभापती नेत्र भट्टराई, नगर प्रमुख रमण बहादुर थापा लगायतले पार्टीको झण्डा ओडाएका हुन् ।

आमाको शोकमा सामेल हुन पुगेका अकस्मात श्रीमतीको पनि निधन हुन पुग्दा ढकाल परिवारका शुभेच्छुक, जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानिय सयौको संख्यामा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ