arrow

लुटेरा चिनियाँलाई गर्‍यो प्रहरीले सार्वजनिक

बैंककै कमजोरी रहे बैंकले नै भर्पाइ गर्ने

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
nepal-police-logo.png

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले रातारात नेपालका बैंकहरुको सर्वर ह्याक गरि करोडौको लुट मच्चाउने ५ जना चिनियाँ नागरिकहरुलाई सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा १ जना र पछि ४ जना गरि ५ जना चिनियाँ नागरिकहश्रलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार , सुरुमा एटीएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको  थियो भने पछि त्यसैको सहयोगमा अन्य  ४ जानालाइ दरबारमार्गमा रहेको होटल मायामनोहरबाट पक्राउ गरियो  ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय झु लियाङ आङ,३५ वर्षका चेन विन विन, ३० बर्षीय क्यु याङयिङ, ४० बर्षीय लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

प्रहरीले उनीहरु पक्राउ परेकै स्थानबाट १ करोड २६ लाख ४५  हजार नेपाली रकम  र ९  हजारभन्दा बढी अमेरिकि डलर समेत बरामद गरेको छ ।  नेपाल राष्ट्र बैंकले  १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको समेत जनाएको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको र यस घटनाबाट हुनगएको नोक्सानी छानबिन गरि जिम्मेवार पक्षबाट असुल उपर गरिने यदि बैंककै कमजोरी रहेको खण्डमा बैंकले नै भर्पाइ गर्ने  जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ