arrow

'ओलीले जनतामा आशा र भरोसा जगाउन सकेनन्'

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
dilla-sangroula.jpg

काठमाडौं ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान केपी शर्मा ओली सरकारले नेतृत्व सम्हालेको करिव १८ महिना पुरा गर्दा पनि नेपाली जनतामा आशा र भरोसा जगाउन नसकेको बताएकी छन् ।

कांग्रेस कार्यसमितिमा आफ्नो धारणा राख्दै भनिन्,' सरकारका प्राथमिकता, सुशासन, शान्ति समृद्धि र विकास थिए । यि सवै कुरामा सरकार पुर्ण असफल भएको छ । संविधानको उलंघन एवं लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन गर्दै सरकार अधिनायकवादी शैलीले अगाडी वढी रहेको  छ । सस्थागत भष्टाचार, महंगी, कर, हत्या हिंसा, बलत्कार र जताततै राजनीतिकरण गर्दै राज्यलाई ठेकेदारहरुले कब्जामा लिएका छन् ।'


कार्यसमितिमा संग्रौलाले राखेको धारणा :

नेपाली कांग्रेस केन्द्रीय समितिको लामो समयदेखी चलिरहेको बैठकमा समसामयिक राजनीति सहित १४ वटा एजेन्डा वारे गहन छलफल चलिरहदा सम्पूर्ण लोकतन्त्र प्रेमीको ध्यान केन्द्रीय समितिको बैठकले दिने निचोड वायसले अवलिने गन्तव्य तर्फ नै केन्द्रित भएको देखिन्छ । त्यसैले राणा शाासन काल देखी राजतन्त्रको अन्त्य नेतृत्व गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको जगसम्म मुलुकलाई उभ्याउन सफल नेपाली कांग्रेस आजको अवस्थासम्म आइपुग्दा प्रतिपक्षमा छ । राष्ट्र आज अप्ठयारो परिस्थितीबाट गुज्रीररहेको छ । सात दशक भन्दा लामो यात्रा पार गरी सकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो स्थापना २००३ सालदेखी २०७६ सालसम्म आइपुग्दा तत्कालिन र दीर्घकालिन कार्यनीतिको आधारमा विजय र पराजयको भागीदार भएको छ । त्यसैले नेपाली जनताले आशा र भरोसा गरेको र सधै जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, मुलुकको स्वाधिनताको लागी संघर्ष गर्ने नेपाली कांग्रेस आजको अवस्थामा अझ बढि सक्रिय क्रियाशील, कर्मशिल, संगठित भै एकतावद्ध हुन जरुरी छ । त्यसैले नेपाली कांग्रेसको सञ्चालन भैरहेको केन्द्रीय कार्यसमितीको बैठकले नीतिगत रुपमा अवको रणनीतिक सवाल एवं गन्तव्य स्पष्ट रुपमा तयार गरी अगाडी जान जरुरी देखिन्छ ।

१. समसामयिक राजनीति : वर्तमान ओली सरकारले नेतृत्व सम्हालेको करिव १८ महिना पुरा गर्दा पनि नेपाली जनतामा आशा र भरोसा जगाउन सकेको देखिदैन । सरकारका प्राथमिकता, सुशासन, शान्ति समृद्धि र विकास थिए । यि सवै कुरामा सरकार पुर्ण असफल भएको छ । संविधानको उलंघन एवं लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन गर्दै सरकार अधिनायकवादी शैलीले अगाडी वढी रहेको  छ । सस्थागत भष्टाचार, महंगी, कर, हत्या हिंसा, बलत्कार र जताततै राजनीतिकरण गर्दै राज्यलाई ठेकेदारहरुले कब्जामा लिएका छन् । मुलुकको सवै क्षेत्रमा चरम रुपमा कार्टेलिङ, सेन्डिगेड, न्यायपालिका, प्रेस स्वतन्त्रता, मानव अधिकार अभिव्यक्ति स्वतन्त्रतामाथी अंकुश लाग्न पुगेको छ । अवसरै अवरको भव्य द्धारमा उभिएको ओलि सरकारले ल्याएको समृद्ध नेपाल सुखि नेपालीको नारा दुखि नेपालीमा रुपान्तरण भएको छ । राज्यको सवै क्षेत्र अस्तव्यस्त छ । उत्पादकत्व क्षेत्र गतीहिन अवस्थामा छ । नँया प्रविधिको क्षेत्र जलश्रोत, पर्यटन तथा उद्योग धन्दामा खासै उत्साह जनक प्रगती छैन । अर्थतन्त्र निरासाजनक स्थितीमा छ । नेपालको परराष्ट्र नीति कम्यूनिष्टको विचारधाराको पक्ष पोषण बाट संचालित छ । असंलग्न परराष्ट नीति भनिएपनि सरकार असंवेदनशिल देखिन्छ । जनताको जनसवाल, जनजिविका र जनसरोकारको सवालमा सरकार उदासिन छ । संघियता भनेको अधिकारको विकेन्द्रीकरण, साधन श्रोतको बाडफाँड पनि हो तर शक्तिको सिंहदरवार र वालुवाटारमा केन्द्रिकरण भएको छ । शक्तिको लोकतान्त्रिकरण, संघियकरण र विक्षेपिकरण हुन सकेको छैन । सरकारले ल्याएका विधेयकहरु संविधानको भावना विपरित छन् — राष्ट्रिय मानवअधिकार आयोग, राष्टिय सुरक्षा परिषदको काम कर्तव्य र अधिकार, मिडिया काउन्सील विधेयक आदी । त्यसैले वर्तमान सरकार काण्डै काण्डमा मुछिएको छ । वाइडवडी काण्ड, सुनकाण्ड, चिनीकाण्ड, वालुवाटार जग्गा खरिदकाण्ड, मेलम्ची काण्ड, बुढिगण्डकी जलविद्युत परियोजना जस्ता भष्टचार काण्डको भण्डाफोर गर्न सात वटै प्रदेशमा भष्टचार विरोधी सभा संचालन गरीनु पर्दछ ।

२. शशक्त प्रतिपक्षको भूमिका – अहिले संघीय संसद र सात वटै प्रादेशिक संसदमा नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा उभिएको छ । सरकारलाई निरन्तर जवाफदेही बनाउन जनसरोकारका बिषयमा सरकारलाई झकझकाउन, सरकारलाई निरन्तर खबरदारी गर्दै प्रतिपक्षको क्रियाशिलता बृद्धि गर्दै शशक्त प्रतिपक्षको रुपमा उभिन सक्नुपर्दछ । प्रतिपक्ष कमजोर भयो भने संसदलाई छलेर आफ्ना कामहरु गर्न सरकार तम्सिन सक्दछ र त्यसैले राम्रा कामका लागि रचनात्मक सहयोग गर्दै शशक्त प्रतिपक्षको भूमिका कांग्रेसले निभाउन सक्नु पर्दछ ।

३. छाँया सरकार – वर्तमान सरकार करिब दुई तिहाईको बहुमतमा छ । सरकारमा दम्भ उत्पन्न भई राज्यका बिभिन्न निकाय र संस्थाहरुमा चरम राजनीतिकरण भएको छ । राज्यको श्रोत, साधन पार्टीको लागि प्रयोग हुने हल्ला मात्र गर्ने काम नगर्ने परिपार्टीलाई दुरुत्साहित गरी सरकारलाई जिम्मेवार बनाउन छायाँ सरकारको आवश्यकता पर्दछ । त्यसैले नेपाली कांग्रेसले केन्द्रीय सरकारको मन्त्रीहरुको क्रियाकलापलाई खबरदारी गर्न सचेतकको भूमिका निभाउन छाया सरकार गठन गरेको छ । यसको अझ प्रभावकारीतामा जोड दिदैं प्रदेश र स्थानीय तह जहाँ कांग्रेसको स्थानीय तह छैन् त्यहाँ छायाँ सरकारको गठन गरी जनताको दुख र समस्याप्रति उत्तरदायी बन्नै पर्दछ ।

४. संगठनको सृदृणीकरण र ब्यबस्थापन – पार्टीको संरचनालाई समय सापेक्ष वैज्ञानिक र प्रभावकारी बनाउन सांगठनिक सृदृणीकरण अभियान सञ्चालन गरिनु पर्दछ । जब सम्म पार्टी शशक्त र सबल हुँदैन् तबसम्म पार्टीको घोषित नीति कार्यक्रम र उद्देश्यले पनि पूर्णता पाउन सक्दैन् । पार्टी शशक्त र प्रभावकारी बनाउन नेतृत्वको ठूलो भूमिका हुन्छ त्यसैले नेतृत्वले दुरदृष्टि राखी यसको आन्तरिक व्यबस्थापन गर्न जरुरी छ ।

५. स्थानीय सरकारको प्रभावकारीता – स्थानीय तहमा कयौं ठाउँमा नेपाली कांग्रेसको पनि सरकार छ । केन्द्र र प्रदेशमा मात्र प्रतिपक्षमा छ । त्यसैले कांग्रेसले जितेका स्थानीय सरकारमा प्रभावकारी रुपमा कार्य गर्न सक्नु पर्दछ । अवको ५ बर्ष पछि प्रतिपक्षको भूमिकामा स्थानीय तहका जनप्रतिनिधिले के कस्तो काम गरे त्यसैको आधारमा पार्टीको छबिलाई असर पार्दछ । उनीहरुलाई सहयोग र सचेत गराउँदै यसको लागि पार्टीको केन्द्रमा एउटा प्रतिबद्ध शाखालाई तयार गर्नुपर्छ । त्यसमा बिज्ञहरुको समूह रहनु पर्छ जसले पार्टीलाई मद्दत गर्ने र अनुगमन गर्ने गर्दछ ।

६. भातृ र शुभेच्छुक एवं जनसम्पर्र्क समिति – भातृ र शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरुदण्ड हो । यिनीहरुको क्रियाशिलता, शशक्तता, मजबुतीकरण बिना पार्टी बलियो हुन सक्दैन् । तर आजको अवस्थासम्म आइपुग्दा भ्रातृ र शुभेच्छुक संस्थाको क्रियाशिलता त्यती भरपर्दो देखिदैन । त्यसैले उनीहरुलाई चलायमान बनाउन बिशेष नीति कांग्रेसले बनाउनु पर्दछ । साथै जुनजुन भ्रातृ र शुभेच्छुक सस्थाको अधिवेशनहुन सकेको छैन । तिनिहरुको तुरुन्त अधिवेशनको मिती तोकिनु पर्दछ । यि सवैको विधानलाई पनि संघिय संरचना अनुरुप एउटै मापदण्ड निमार्ण गरि एकिकृत गर्न एउटा कार्यदलको गठन गर्न जरुरी  छ । जनसम्पर्क समितीको सहि ढंगले अधिवेशन सम्पन्न गरी सुदृढ बनाउन जरुरी छ ।

७. पार्टीभित्र सहमति, सहकार्य र एकता – पार्टी भित्रका नेता एवं कार्यकर्ताबीच एकता, विश्वास, सहकार्य र सहमतिको आवश्यकता छ यसको लागि पार्टीभित्र मौलाउँदै गएको व्यक्तिवादी चरित्र गुटगत राजनीति र ६०÷४० को भागवण्डा अन्त्य गरिनु पर्छ । त्यसैले सहमति, सहकार्य र एकता कांग्रेसको मुलमन्त्र बनाउनु पर्दछ ।

८. जनतासंगको प्रत्यक्ष सम्वन्ध: नेपाली कांग्रेसले पाटी संगठनको प्रत्यक्ष सुदृणीकरण गरेर मात्र हुदैन । जनताको जल्दाबल्दा समस्या र सामजिक मुद्धाहरुको अभियन्ता बन्न सक्नु पर्दछ । जनता र नेताको सम्बन्ध नङ र मासु जस्तो बनाउनको लागी निरन्तर जनताको घरदैलोमा पुग्ने, उनका गुनासो लिएर भावी रणनिती बनाई कार्यक्रम लिएर निरन्तर जानु पर्दछ । जनता संगको प्रत्यक्ष सम्वन्धले नै अर्को निर्वाचन जित्ने आधार तयार हुने गर्दछ । त्यसैले अवको अभियान जन—जनमा कांग्रेस मन—मनमा कांग्रेसको अभियान लिएर जानु पर्दछ ।

९.समावेसीकरण र सशक्तिकरण : नेपाली कांग्रेसले जसरी आफनो विधानलाई समावेशि बनाई कदमजमको नीति अवलम्वन गरेको छ त्यसैगरी राज्यको अंग र संयन्त्रहरुमा सामाजिक दृष्टिकोणले पछाडी परेका वर्ग र क्षेत्रको प्रतिनिधित्व र पहुचका लागी आरक्षण र सकारात्मक विभेदको नीतिको पक्षमा उभिनु पर्दछ । सवै वर्गलाई सशक्तिकरणको मुल मियो भित्रल्याउन कृषि, पर्यटन, जलश्रोत, औद्योगिकरण आदिको क्षेत्रमा दृत विकास गरी बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ, रोजगारको क्षेत्रमा नितीगत रुपमा सुधार गर्न उन्मुख हुनु जरुरी छ ।

१०. अन्य पाटीसंगको सम्वन्ध : नेपाली कांग्रेसको मुल प्रतिस्प्रधी पाटी नेकपा कमनिस्ठ भएकाले यससंग कहिले पनि सहकार्य नगर्ने नीति लिदै विचार सिद्धान्त मिल्ने अन्य क्षेत्रीय पाटीसंग मुलभुत कुरामा कार्यगत एकता गरी अगाडी जान सकिने रणनीति अवलम्वन गरीनु जरुरी छ । जस्तो मधेशवादी दलको मुख्य मुद्धा संविधान संशोधन भएकाले यसको अगुवाई गदै अन्य लोकतान्त्रीक आचरण भएका पाटीसंग पनि लोकतान्त्रीक मोर्चा गठन गरी मुलुकको लोकतन्त्रमाथी वर्तमान सरकारले गरेको प्रहारको प्रतिकारमा उभिन जरुरी छ ।

११. उपनिर्वाचन र कांग्रेसको भविष्य: आगामी मंसिरमा हुन गैरहेको उपनिर्वाचनले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्दछ । यसलाई जनमत संग्रहको रुपमा लिदै सम्पूर्ण आफना सांगठनिक निकायलाई प्रयोग गरी अहिले देखि नै उपनिर्वाचनको तयारीमा जुट्नु पर्दछ । यो निर्वाचन कांग्रेसले जित्न जरुरी छ । यसकालागी एकताको खाचो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ