arrow

पर्यटन वर्ष २०२० सफल पार्न ओली पैदल यात्रा गर्दे

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ भदौ १५ आइतबार
slow_walking_.jpg

पाँचथर । पर्यटन वर्ष २०२० लाई सफल पार्न तथा यूवा जागरण अभियान अन्र्तगत झापाका एक यूवा पैदल यात्रा गर्दे पाँचथर आइपुगेका छन् ।

झापा विर्तामोडका नितेश ओली दुई हप्ते पैदल यात्रा गर्ने क्रममा विर्तामोडबाट आज ५ दिनमा सदरमुकाम फिदिम आइपुगेका हुन् । यसअघि पनि पैदलयात्रा गरेका ओलीले यस पल्ट पनि पैदल यात्रा गरेको बताएका छन् ।

यस यात्राका क्रममा देखिएका पर्यटकिय स्थलहरुलाई तस्विर खिचेर प्रचार प्रसार गर्ने जसले गर्दा भ्रमण वर्ष २०२० मा आन्तारिक तथा बाह्य पर्यटकहरुले ती स्थानमा भ्रमण गरुन् भन्ने उद्धेश्यले आफूले पैदल यात्रा गरेको उनले बताएका छन् ।

 विर्तामोडबाट यात्रा गरेका ओलीले ताप्लेजुङको पाथीभरासम्म दर्शन गरी फर्कने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ