arrow

किशोरीमाथि अभद्र व्यवहार गर्ने विद्यार्थी नेता पक्राउ

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
pakrau-new.jpeg

बझाङ । अनेरास्ववियुका बिद्यार्थी नेता देबी चन्द्र मण्डेललाई प्रहरी नियन्त्रणमा लिएको छ । सदरमुकाम चैनपुर बजारको चौराहामा तीजको नाच गान हेरिरहेकी एक किशोरीलाई यौन दुर्व्यवहार प्रयासको आरोपमा प्रहरीले उनलाई नियन्तणमा लिएको हो ।

मष्टा गाउँपालिका रिलु घर भई सदरमुकाम चैनपुरमा बस्दै आएकी एक किशोरीलाई बिहिबार जिस्कएको र उनको सम्बेदनशिल अंगमा छोएपछि किशोरीले तत्कालै प्रहरीलाई खबर गरेपछि सोही दिन राती बजारबाट मण्डेललाई प्रकाउ गरेको प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले जानकारी दिए ।

उनले भने पिडित पक्षको जाहेरी आएको छैन् ,घटनास्थलमा किशोरीले आफुलाई दुर्व्यवहार भएको भनेको आधारमा समातेको हो । उनले  घटनाको बारेमा थप अनुसन्धान भई रहेको र नेता मण्डेललाई कानुन अनुसार कारबाही गरिने र मंगलबार सम्म मुद्धा दर्ता गरिने जानकारी दिए ।

खुल्ला ठाउँमा किशोरीलाई दुर्व्यवहार गरेको अरु महिलाहरुले पनि देखेपछि मण्डेललाई पक्राउ गर्न अरु महिलाहरुले पनि दवाव दिएकी छन्  । मण्डेल तिन दिन देखी प्रहरीको हिरासत मै छन् । उनि तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्वीयूका केन्द्रिय सदस्य हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ