arrow

कांग्रेस सभापति देउवाले तीजका अवसरमा यस्तो दिए शुभकामना

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीमा शुभकामना दिएका छन्। 

आफ्नो शुभकामना सन्देशमा देउवाले भनेका छन्, ' हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ ।  यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् । अनेक विमतिहरुका विचमा पनि हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन पर्वहरुले योगदान गर्दै आएका छन् । अतः सबै खाले पर्वमा आपसी प्रेम, सदभाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको छ ।' 

देउवाले अगाडी भनेका छन्, ' तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । अतः यो पर्वले हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस्, म हृदयदेखि पुनः शुभकामना व्यक्त गर्दछु।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ