arrow

कांग्रेसद्धारा मिडिया काउन्सिल विधेयकमा २९ बुँदे संशोधन माग

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बुँदे संशोधन दर्ता गरेको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पत्रकारितालाई नियन्त्रित गर्ने शैलीमा मिडिया काउन्सिल विधेयक ल्याउन खोजेपछि काँग्रेसले प्रस्तावित विधेयकबाट जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन मागसहित संशोधन दर्ता गरेको हो । 

पत्रकारलाई प्रस्तावित विधेयकमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएपछि कांग्रेसले यस्तो विधेयक हटाउन माग गरेको हो । यस्तै आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार कारबाही गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ। दुबै व्यवस्था हटाउन कांग्रेसले माग गरेको छ। 

कांग्रेस सांसद्हरु सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, सरिता प्रसाईँ, जितेन्द्र नारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले संशोधन दर्ता गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ