arrow

पोखरीमा डुबेर नौ वर्षीय बालकको मृत्यु

logo
रासस,
प्रकाशित २०७६ भदौ १६ सोमबार
child-died1.jpg

सर्लाही। चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार साँझ घरबाट निस्केका बालकको खोजतलास गर्दा गए राति गाउँकै पोखरीमा डुबेको अवस्थामा  शव फेला परेको प्रहरीले परेको थियो। 
 
लागुऔषधसहित तीन पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। सीमावर्ती भारतीय बजार सोनबरसाबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेका सर्लाही चन्द्रनगर गाउँपालिका–८ बबरगञ्जका १६ वर्षीय कविकुमार महतो, ईश्वरपुर नगरपालिका–६ पोखरीयाटोल बस्ने १७ वर्षीय अभिषेक महतो र त्यहीका  १५ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। ब्रहम्पुरी गाउँपालिकाको त्रिभुवननगरभेटिएका उनीहरूलाई शङ्का लागेर  जाँच गर्दा कविकुमार महतोको साथबाट १८ थान नाइट्रोभेट फेला परेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ