arrow

बेस क्याम्प नपुग्ने कम्युनिस्ट कर्मचारी नेतालाई १५ दिने स्पष्टिकरण  

घुस खाएर दिइएको सगरमाथा आरोहण प्रमाण-पत्र रद्द

logo
राजु रिमाल,
प्रकाशित २०७६ भदौ १६ सोमबार
tourisum-department-sagarmatha.jpg

काठमाडौं। सगरमाथाको वेस क्याम्प नपुगी सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्ने कम्युनिस्ट कर्मचारी नेतालाई पर्यटन विभागले १५ दिने स्पष्टीकरण सोधेको छ। विभागले कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकाल सहितका १५ कर्मचारीलाई स्पष्टीकरण सोधेको हो।

ढकाल नेपाल कम्युनिस्ट पार्टीबाट आधिकारिक ट्रेस युनियनका अध्यक्ष हुन्। उनी काठमाडौमै बसेर सगरमाथा आरोहण गरेको सिफारिश गरेका थिए। यस वर्षको वसन्तकालीन मौसममा उनी लियोजन अफिसर (सम्पर्क अधिकृत) हुने मौका पाएका थिए।

सम्पर्क अधिकृत भए वापत उनले झण्डै ४ लाख रुपैयाँ बुझेका थिए। तर उनी काठमाडौमै बसेर आरोहीलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गरिदिए। यस वर्ष विभागले ३७ जना सरकारी कर्मचारीलाई लियोजन अफिसरको जिम्मेवारी दिएको थियो। ती मध्ये २२ जना कर्मचारी सगरमाथाको वेस क्याम्प पुगे। बाँकि १५ जना कर्मचारी काठमाडौ छाडेनन्।

लियोजन अफिरको यस्तो नक्कली कामको सर्बत्र आलोचना भए पछि विभागले उनीहरुलाई स्पष्टिकरण सोध्न बाध्य भएको हो। स्पष्टिकरण सोधिएका कर्मचारीहरुमा अख्यितयार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालयका कर्मचारी पनि छन्। पहुँचवाला कर्मचारी र कर्मचारी नेताहरुले मात्र लियोजन अफिसर हुने मौका पाउने गर्छ। ६ हजार ५ सय भन्दा अग्लो चुचुरोमा आरोहणमा जाने आरोही दलसँग एक जना सरकारी कर्मचारीलाई लियोजन अफिसरको रुपमा पठाउने व्यवस्था छ।

यस व्यवस्थाको सरकारी कर्मचारीले व्यापक दुरुपयोग गर्दै आएका छन्। यतीसम्म गरे कि, सगरमाथाको चुचुरोमै नपुगेका आरोहीलाई चुचुरोमा पुगेको प्रमाणित गरिदिए। लियोजन अफिसरको यस्तो नक्कली काम सार्वजनिक भए पछि विभागले नक्कली आरोहीको आरोहण प्रमाण-पत्र पनि रद्द गर्ने निर्णय गरेको हो। 

विभागले स्पष्टीकरण सोधेका पुहँचवाला कर्मचारीहरुमा अख्यितारका हाकिम तीर्थ चापागाई, कमल मिश्र पनि छन्। यसैगरी राष्ट्रपति कार्यालयका उपसचिव प्रल्दाह पुडासैनीलाई पनि विभागले स्पष्टीकरण सोधेको छ। महालेखा नियन्त्रण कार्यालयका राजेन्द्र श्रेष्ठलाई पनि विभागले स्पष्टीकरण सोधेको छ। 

सम्पर्क अधिकृत सरकारी कर्मचारी हुनु पर्ने व्यवस्था गरिएको छ। सम्पर्क अधिृकतले सम्बन्धित आरोही चुचुरोमा पुगेको/नपुगेको प्रमाणित गर्ने गर्छन्। 
सम्पर्क अधिकृतले प्रमाणित गरे पछि मात्र उसले आरोहण पूरा गरेको प्रमाण-पत्र पाउछ। चुचुरोमा पुगेको प्रमाणित गर्न सम्बन्धित आरोहीले फोटो पेश गर्नु पर्ने कानुनमा व्यवस्था छ। 

विभागले यस वर्षको वसन्तकालीन मौसममा ३ सय ८१ जनालाई सगरमाथा आरोहण गर्न अनुमति दिएको थियो। ती मध्ये २ सय १३ आरोहीले सगरमाथा आरोहणमा गएको रेकर्ड विभागसँग छ। आरोहणमा पुगेका आरोहीलाई विभागले प्रमाण-पत्र दिन सुरु गरेको छ।

विभागका अनुसार चुचुरोमा पुगेको प्रमाण पेश गरेपछि विभागले प्रमाण-पत्र दिन सुरु गर्छ। यस वर्ष सम्पर्क अधिकारीको भुमिकाको विषयमा प्रश्न उठे पछि सरकारले करिब २ महिना अघि पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। छानविन समितिले सरकारलाई प्रतिबेदन पनि बुझाइसकेको छ। 

घुस खाएर दिइएको सगरमाथा आरोहणको प्रमाण-पत्र रद्द
विभागले घुस खाएर दिइएको सगरमाथा आरोहणको प्रमाण-पत्र रद्द गर्ने निर्णय गरेको छ। घुस खुवाएर सगरमाथा आरोहण गरेको आसंकामा केही पर्वतारोहीमाथि पर्यटन मन्त्रालयले छानविन गरेको थियो। छानविन पछि प्रमाण-पत्र रद्द गर्न निर्णय सरकारले गरेको हो। 

सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियोजन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका एक आरोहीलाई सगरमाथा आरोहण गरेको प्रमाणित गरिदिएका हुन्। चुचुरोमै नपुगेका आरोहीलाई चुचुरामा पुगेको भनी प्रमाणित गर्ने लियोजन अफिसर सामान्य कर्मचारी मात्र होइनन, नेपाल प्रहरीका इनेक्पक्टर डिल्लीबहादुर थापा हुन्। 

चुचुरोमै नपुगे पनि सगरमाथा आरोहण गरेको प्रमाण-पत्र लिन सफल भएका भारतीय पर्वतारोही नाहिता मञ्जुर हुन। सम्पर्क अधिकृतले प्रमाणित गरेपछि उनले सगरमाथाको चुचुरोमा पुगेको प्रमाण-पत्र लिन पर्यटन विभागमा निबेदन पेश गरेका थिए। विभागले प्रमाण-पत्र दिए पछि उनको आरोहणकोबारेमा आरोहण टोलीमा गएका अन्य सदस्यहरूले प्रश्न उठाएका थिए।

यसपछि विभागले मञ्जुरले सगरमाथाको चुचुरोमा पुगेको/नपुगेको विषयमा अनुसन्धान सुरु गरेको हो। मञ्जुरलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्ने सम्पर्क अधिकारी थापा भने वेस क्याम्पसम्म मात्र पुगे। थापा हाल काभ्रे जिल्लामा कार्यरत छन्। मञ्जुरलाई सगरमाथामा लैजाने एजेन्सी स्नो होराइजन हो। मञ्जुरको टोलीमा ११ जना सदस्य थिए।

Image may contain: text

Image may contain: text

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ