arrow

विद्युत प्राधिकरणका खुला तारबाट वन्यजन्तु सधै जोखिममा

logo
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ भदौ १६ सोमबार
elephant-current.jpg

बर्दिया (ठाकुरद्वारा)। विद्युत प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तुहरु असुरक्षित हुदै गएको छ। गत शनिवार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्ती सामुदायिक वनमा जाने क्रममा विद्युतको पोलबाट लत्रिएको हजारौं भोल्टेजको मेन लाइनमा हात्तीको सम्पर्क भय पछि हात्ती करेन्ट लाग्यो।

मधुवन नगरपालिका वडा १ स्थित कैलासीमा गाँउलेले हात्तीलाई करेन्ट लागेको देखे पछि विद्युतको लाइन काट्न लगायर हात्ती बाच्न सफल भयो र केहि मिटर अगाडि हात्ती गएर लड्यो। करेन्ट लागेको हात्ती ३० मिनेट सम्म सोहि स्थानमा लडिनै रह्यो र बर्दिया राष्ट्रिय निकुञ्जवबाट आएका कर्मचारीहरुले लडेको हात्ती माथि पानी खनाइरहे पछि केहि समयमा हात्ती उठेर जंगल तिर गयो। 

गत बर्ष पनि ठाकुरबाबा नगरपालिका बडा नं २ को बेतहनीमा गाँउलेको असावधानीले गर्दा एक हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो। यी त केहि उदाहरण मात्र हुन्। बाहिर नआएका अन्य उदाहरण पनि छन्। वन क्षेत्र आसपास विद्युत प्राधिकरणको खुला तारका कारण भएका वन्यजन्तुका दुर्घटनाहरु। 

विद्युत प्राधिकरणले विद्युत् सप्लाईका लागि लगाएको खुला तार हजारौको भोल्टेज हुने गर्दछ सो वन्यजन्तु बढि हिँडडुल गर्दा वन्यजन्तुले छुदा दुर्घटनामा पर्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका वाडा प्रमुख अणनाथ बरालले बताए।

विद्युत प्राधिकरणले लगाएका तार काठका खम्बाहरू जिर्ण भइ विभिन्न स्थानमा भुइमा लडेको अवस्थामा रहनुले त्यस्ता स्थानमा वन्यजन्तु दुर्घटना पर्ने सम्भावना अझै बढि रहने बरालले बताए। करेन्टबाट वन्यजन्तुलाई क्षति नहुन दिनका लागि खुला तार र जिर्ण रहेका विद्युतीय पोलका बिषयमा छिट्टै नै विद्युत् प्राधिकरण संग समन्वय गरेर निकास निकालिने समेत वार्डमा बरालले बताएका छन्। 

हजारौं भोल्टेजका तार वन क्षेत्रका आसपासमा रहेकाले वन्यजन्तु बढि ओहोर दोहोर गर्ने स्थानमा वन्यजन्तुको दुर्घटना हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत डा.रविन कडेरियाले बताए। वन क्षेत्र र जंगली जनावर ओहोर दोहोर बढि गर्ने स्थान पहिचान गरी सो स्थानमा सुरक्षाका लागि एबिसी (प्लास्टिकले कभरेज गरिएको तार) तार प्रयोग गर्नु पर्ने समेत डा. कडेरियाले बताएका छन्।

जंगलका छेउछाउ भएर लगाइएका विद्युत् प्राधिकरणका तारहरु बारे समयमै सावधानी नअपनाए भोलिका दिनमा वन्यजन्तु करेन्ट लागेर ठुलो दुर्घटना हुन सक्ने डा. कडेरियाले बताए। 

वन क्षेत्रका आसपासमा गाँउ भेगमा विद्युत् पुर्‍याउनका लगि विद्युत् प्राधिकरणले लगाएको खुला तारले गर्दा वन्यजन्तु दुर्घटनामा परेको हुन सक्ने विद्युत् प्राधिकरण गुलरियाका प्रमुख परितोष कुमार चौधरीले बताए। 

होचा खम्बा र वन्यजन्तु हिड्ने स्थानमा खुला तारमा जंगली जनावरले छुदा दुर्घटना हुन सक्ने चौधरीले भने। वन क्षेत्र र निकुञ्ज आसपासमा रहेका खुला तारको सट्टामा एबिसी तारको प्रयोग गर्ने बारे छलफल गरिने चौधरीले जानकारी दिए।

निकुञ्ज क्षेत्र तथा जंगली जनावर बढी ओहोर दोहोर गर्ने स्थानको पहिचान गरि सो स्थानमा के गरेर वन्यजन्तुलाई सुरक्षित गर्न सकिन्छ भन्ने बिषयमा छिट्टै नै बर्दिया राष्ट्रिय निकुञ्ज र विद्युत् प्राधिकरण बसेर निष्कर्ष निकालेर वन्यजन्तुलाई प्राधिकरणको विद्युतीय तारबाट बचाउनका लागि पहलि कदम चालिने समेत प्राधिकरणका प्रमुख चौधरीले भने। 'बर्दिया राष्ट्रिय निकुञ्ज र हामी विद्युत् प्राधिकरणबीच बैठक बसेर यस बिषयमा छलफल गर्ने भन्ने कुरा भइसकेको छ'। चौधरीले भने। 

सम्बन्धित निकायले समयमा नै चासो दिए वन आसपासमा लगाइएका विद्युत् प्राधिकरणका खुला तारबाट हुन सक्ने क्षतिबाट वन्यजन्तु दुर्घटनाबाट बच्ने हुदा समयमा नै यसको समाधान सहितको पहलि कदम चाल्न जरुरी देखिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ