arrow

गौहत्याको बिरोधमा उत्रिए डडेल्धुराका स्थानीय

logo
टेकराज अवस्थी,
प्रकाशित २०७६ भदौ १६ सोमबार

डडेल्धुरा । गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा डडेल्धुरामा बिरोध प्रदर्शन गरिएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु महासंघ डडेल्धुरा शाखाले सदरमुकाममा बिरोध प्रदर्शन गरेको हो ।

राष्ट्रिय जनावर गाईलाई पाल्दै गहुँत गोबर समेत पुजा आजा गरि दुग्धजन्य खानेकुराका लागि समेत पवित्र र आध्यात्मिक र साास्कृतिक तथा सामाजिक मान्यता रहेको भन्दै महासंघ डडेल्धुरा शाखाले सदरमुकामको मुख्य बजार परिक्रमा गर्दै बिरोध र्‍याली निकालेको हो ।

गाई मार्न पाईदैन , गाई छोडनु पाप हो , गौरक्षाको लागि कानून निर्माण गर , धर्म निरपेक्षता खारेज गर , गौशाला निर्माण गर , गाई मार्नेलाई कारवाही गर लगायतका हिन्दु धर्म सम्बन्धि बिभिन्न प्लेकार्ड सहित बोकेर नारा लगाउँदै बिरोध जनाईएको छ ।

बिरोध र्‍यालीमा विश्व हिन्दु महासंघ आबद्ध बिभिन्न समाजसेवी संसघसंस्था लगायत सर्बसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ